नेपाली फूटबल पछि पर्नुको कारण

फूटबल एक आकर्षक खेल हो | अहिले बिस्वो खेल जगतमा फूटबलको बाहेक अरु सायद नै कुनै खेल छन् जसमा मानिसको आकर्षण बढेको छ |
प्रोफेसनल खेलको रुपमा फूटबल नै अगाडी छ |

यौटा प्रोफेसनल खेलाडी हुन कुनै पनि खेलाडी लाई खेल्ने तरिका मात्र नभएर आकर्षक शरीरको पनि आवस्यकता हुन्छ | सायद यो पनि यौटा तथ्य हुन सक्छ हाम्रो देशको फूटबल खेल अगाडी बढ्न नसक्नुको कारण |

नेपाली फूटबल बर्सौ देखि उपाधि बिहिन थियो |
जब नेपालले २०१६ मा पाइला टेक्यो तेस्पची नेपालले २०१६ मा फर्केर हेर्नु परेन | हरेक उपाधि कब्जा गर्न सफल भयो | ३ वोटा तारिफ योग्य उपाधि जितेर नेपाली फूटबल फेरि अगाडी बढ्यो | २०१७ मार्चमा भएको खेल मा फिलिपिन्स संग ४-१ को हार नेपाल ले स्वीकार्यो | AFC एसियन कप २०१९ छनौट खेल मा हारेको पिडा नेपाली टिम ले यमन संग को खेल मा जितेर लिनेछ भन्ने पुरा विश्वास नेपाली दर्सक माझ छ |

तर भारत संगको मैत्रीपुर्ण खेलमा २-० ले पराजित भएको नेपाललाई माटो ले साथ् देला तर शारीरले दिने छैन जस्तो खेलप्रेमी हरु बुज्चन|

भारत संगको खेलमा हामीले देख्यौ नेपाली खेलाडीहरु शरीर जुध्ने बितिकै लडेको | देख्नेले भन्छन - नेपाली भन्दा भारतका खेलाडी हरु अग्ला र बलिया थिए भनेर तर कसैले पनि यसको बास्तविकता भन्न र सुन्न चाहेको छैनन् |
मैदानमा ट्रेनिंग गरेर खेल सुद्रिन्च , खेल खेल्ने कला बढ्छ , स्टामिना बढ्छ तर शरीर को तागत खेल खेलेर मात्र बलियो हुने हैन | शारीरिक बल चाहिन्छ |

खै त हाम्रो राष्ट्रिय टोलिको खेलाडीहरु लाई फिजिकल फिटनेस ट्रेनिंग गराएको ? खाली मैदानमा कुद्न लगाएर मात्र हुन्छ ? जिम गएर हात खुट्टा देखि सबै कुरा को ट्रेनिंग गरेर खेलाडी तन्दुरुस्त बनाए मात्र खेलाडी अब्बल हुन्छ शारीरिक रुप ले हेर्ने हो भने |
खेल्न जानेर मात्र नहुने फूटबल खेलमा शारीरिक बनावोटले निकै ठुलो भूमिका खेल्छ |

Dougs Gym Inside

शरीर बलियो भएपछि डिफेनसिव मात्र नभएर अफेंनसिव खेलमा पनि मद्दत हुन्छ | राम्रो ट्रेनिंग र राम्रो डाइट नभएर नै हाम्रो खेलाडीहरुखेल्न सक्दा सक्दै पनिं पछि परिरहेका छन् | शारीरिक ब्यायामले बल बढाउनुको साथै स्पुर्थी ल्याउन नि मदत गर्छ | डाइट राम्रो नभएको कारण पनि शारीरिक रुप ले पछि परिरहेको छन् | यी कुराहरु कोचले नै सुदार ल्याउन सक्ने कुराहरु हुन् तर कोचले एस्तो कुरामा ध्यान कैले दिने ?
फूटबलमा सानो तिनो पुष एंड फ़ोउल गर्नु स्वाभाविक कुरा हो जसको लागि हाम्रो खेलाडी हरु कैले तयार छैनन् | यो पक्कै पनि खेलाडीको गल्ति हैन | खेलाउनेले नै नाखेलाये पछि खेल्नेले कसरि गर्ने ? कि हाम्रो देश मा शारीरिक ब्यायाम गर्ने ठाउँ नभाको हो ? कि हाम्रो कोच लाई यसको बारेमा तह नभाको हो ? तपाई को विचार क छ यसमा ?