नेपाली यु-२३ टोली भोलि युएइ जादै |

हिजो भएको मैत्रीपुर्ण खेलमा बंगलादेशलाई १-० ले पराजित गरेको नेपाली टोली भोलि युएइ जादै छ |

sq

एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेल खेल्न नेपाली टोली युएइ जान लागेको हो | समूह चरणमा खेलिने उक्त खेलमा नेपाल समूह 'डी' मा रहेको छ |

नेपाल को समूहमा आयोजक युएइ, उज्बेकिस्थान र लेबनान रहेका छन् | खेल असार ३१ देखि साउन ४ सम्म हुने रहेको छ |


युएइ जाने २३ सदस्यीय खेलाडीको नाम:

गोलकिपर – एलन न्यौपाने, अशोक बराल, किशोर गिरी

रक्षक – अनन्त तामाङ, दिनेस राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी

मिडफिल्ड – हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत

फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, विश्वास श्रेष्ठ, संजोग राई,