नेपाल र ईन्डियाको मैत्रिपूर्ण खेल २-२ गोलमा समाप्त

                           nepal india

दोहा कतार, १० मार्चमा सम्पन्न नेपाल र ईन्डियाको मैत्रिपूर्ण खेल २-२ गोलमा समाप्त।

कतार अल ईन्डिया फूटबल प्रतियोगिताको उद्घघाटन समारोहमा सम्पन्न नेपाल टिम कतार र ईन्डिया टिमको खेल दुई- दुई गोलको बराबरीमा सम्पन्न भयो। नेपाल टिममा समाबेश हुन नेपालबाट प्रकाश बुढाथोकी र ईन्डिया टिममा समाबेश हुन मोहम्मद रफी ईन्डियाबाट आएका थिए।


खेल सुरु भएको ५ सेकेन्डमै कप्तान अमिर श्रेष्ठले गोलगर्दै नेपाल टिमलाई अग्रता दिएका थिए, खेल सुरु हुने बितिकै अमिरले प्रहार गरेको बल गोलमा पररिणत हुनपुगेको थियो। पहिलो मिनेटको गोलले प्रोत्साहन भएको नेपाल टीमले आक्रमक खेल प्रस्तुत गरेको थियो, पहिलो हल्फमा नेपाली खेलाडी प्रहार गरेका बलहरुमा ईण्डियन गोलकिपर बाधक बन्न पुगेका थिए।
खेलको २५ औ मिनटमा ईण्डियन खेलाडीले नेपाली खेलाडी गणेश खड्कालाई डि बक्समा फल गर्दा पाएको पेनाल्टीलाई नेपाली राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीले सहज् गोल गरेका थिए, उक्त गोल संगै नेपालले २-० को अग्रता लिन सफल भएको थियो र पहिलो हाल्फ २-० को नतिजामा सम्पन्न भयो।


दोस्रो हल्फमा सुरुबाटै ईन्डियको खेलाडीहरुले आक्रमक खेल प्रस्तुत गर्दै नेपाली पोस्टमा दबाब दिएका थिए, एक पछी अर्को दबाबबाट नेपाली खेलाडी हताशित देखिएका थिए, उक्त मौकाको फाईदा उठाउदै खेलको ४५ औ मिनटमा ईन्डियन टीमले गोल गर्न सफल भयो, ईण्डियन टिम राम्रा अबसरहरु नेपाली रक्षापंती र गोलरक्षकले बचाउ गरेका थिए तर खेलको ५५ औ मिनटमा रक्षापंती खेलाडी र गोलरक्षकको तालमेल नमिल्दा ईण्डियन खेलाडीले हेड मार्फत गोल गर्न सफल भए, त्यसपछी पाएका राम्रा अवसर नेपाली खेलाडीले उपयोग गर्न नसक्दा खेल २-२ को बराबरीमा समप्त हुनापुग्यो।