एनरिकेको विकल्प सोचेको छैनौ। - बार्सिलोना अध्यक्ष..

16910813 1227297487339417 1290117152 o

ad here

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले क्लबका प्रशिक्षक लुइस एनरिकेको बिकल्पबारे सोचिनसकेको बताएका छन् । एनरिकेको बार्सिलोना भविश्य आगामी अप्रिलमा निर्णय हुनेछ।

एनरिकेको बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्तिमसम्म मात्र हो । र गत आइतबार लेगानेसबिरुद्धको २-१ को संघर्षपूर्ण जितका बाबजुद पनि समर्थकले उनको आलोचना गर्न थालेका छन् ।


तर बार्सिलोनाका अध्यक्ष बार्टोमेउले स्पेनिस टेलिभिजन टिभी-थ्रीलाई दिएको अन्तर्वार्तामा क्लबको प्राथमिकता एनरिकेलाई निरन्तरता दिनु नै रहेको बताएका छन् । ‘गएका केहि बर्षमा उनले क्ललाई लगभग सबै उपाधि दिलाएका छन्, र बार्सिलोनाका समर्थक उनीसँग निकै खुसी छन्’ बार्टोमेउले भनेका छन् ।


सन् २०१४ मा क्लबमा आवद्ध भएपछि एनरिकेले डेब्यु सिजनमै च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधिक जितेका थिए । गत सिजन पनि बार्सिलोनाले ला लिगा र कोपा डेल रे जितेको थियो ।


तर, यस सिजन भने बार्सिलोनाका लागि निक्कै संघर्षपूर्ण छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग ४-० को पराजयले बार्सिलोना टिम र समर्थक निक्कै आहत छन् ।