हेपिएको कोका-कोला अन्तर बिद्यालय प्रतियोगिता

झट्ट हेर्दा भब्य तर हेपिएको बिद्यालय स्तरकै उच्च मानिने कोकाकोला अन्तर- बिद्यालय फूटबल टुरर्नाम्नेट हिजो (श्रवण ३) बाट सुरुवात भयो |

Coca Cola 2 1

उप- राष्ट्रियपति नन्द किशोर पुन ज्युको प्रमुख आतिथ्यमा उद्घाटन भएको सो टुरनामेन्टको सुरुवात निकै रमझम र भब्यका साथ भयो- हाई सेकुरिटी देखि रेड कार्पेट सम्म - हुने खानेले चाड बाड कुरेजस्तो |

एन्फाको रजाई त तब देखियो जब एस टुरर्नाम्नेटको दोश्रो दिन म सानोगौचरण पुगे |

भनसुनदेखि दादागिरि सम्मले थेगेको रहेछ सो टुर्नामेन्ट : दावा गरेर भन्छु ९०% खेलाडी जाली- "फेक" हुन्. |

सबुतको लागि मागिएको जिल्ला स्तरिय परिक्ष्याको प्रमाणपत्र नक्कली रहेको कुरा लाजनमानी पचाएकोछ एन्फाले |

एक खेलाडी को नाममा अर्को ले खेल्ने - फोटो नै नभएको प्रमाणपत्र पेश गरेको पाइएको छ |
येस्मा गल्ति कसको ?

ग्रास रुट फुटबल विकासको लागि भएको खेलमा पनि धादली ?
यसरी कसरी फुटबल को विकास हुन्छ ?

सानो देखि नै यस्तो अभद्र तरिकाले फुटबल खेलाउने हो भने भबिस्य सुनिस्चित कसरी बनाउने ?

सल्लाह दिउ कि प्रश्न ?
प्राय खेलाडीको परिचय पत्र नक्कली रहेको पाइएको छ |