Ruslan 6th Simara Gold Cup teams confirmed
- Details
- Category: 6th Simara Gold Cup
- Published on Saturday, 03 January 2015 00:50
- Written by Nepalifootball
- Hits: 2398
The names of participating teams for Rulsan 6th Simara Gold Cup Championship has been announced by the organizers Nawa Jana Jagriti Yuwa Club.
Team participating in the tournament which is sechuled to kick off from Magh 1 at Simara Stadium are:
- Manang Marshyangdi Club
- Nepal Police Club
- Three Star Club
- Nepal Army Club
- Sahara Club
- Armed Police Force
- FC Potala Hetauda
- Estern Railway Kolkata
- Birgunj United Club
- Nawa Jana Jagrity Yuwa Club.
The winners will get Rs.4 lakhs while the runners-up will get Rs. 2 lakhs.
Simara Gold Cup from Magh 1
- Details
- Category: 6th Simara Gold Cup
- Published on Wednesday, 31 December 2014 16:45
- Written by Nepalifootball
- Hits: 2322
राजधानीबाहिर सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता 'सिमरा गोल्डकप' मााघ १ देखि सुरु हुने भएको छ। बाराको सिमरा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ।
स्तरीय फुटबलका लागि चिनिएको यो प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष तथा प्रतियोगिता मूल आयोजक कमिटीका संयोजक कासिम मियाँले बताए। देशका पाँच ए डिभिजन क्लब र एक विदेशीसहित १० टिमको सहभागिता हुने निश्चित भएको आयोजकले जनाएका छन्। मनाङ मर्स्याङदी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, सहारा क्लब पोखरा, एफसी पोताला क्लब हेटौडा, एउटा भारतीय टिम, गत वर्षको उपविजेता वीरगञ्ज युनाइटेड क्लब र उपाधि विजेता नव जनजागृति युवा क्लब प्रतियोगितामा सहभागी हुनेछन्।
प्रतियोगितामा उपाधि विजेताले चार लाख नगद राशी प्राप्त गर्नेछ। उपविजेताले नगद दुई लाख नगद, सर्वोत्कृष्ट एक खेलाडीले मोटरसाइकल तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगद पुरस्कार पाउने आयोजक क्लवका सचिव शम्भुसिंह ठकुरीले बताए।
गोल्डकपको पहिलो संस्करणसँगै निर्माण थालिएको सिमरा रंगशालामा प्रतियोगिता सन्चालन हुनेछ। अखिल नेपाल फूटवल संघ (एन्फा)ले दिएको तालिका अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष मियाँले बताए। यस वर्ष राष्ट्रिय स्तरका सबैजसो खेलाडीको सहभागिता गोल्डकपमा रहने उनले जनाए।
Content: Nagarik News