आयोजक टोली मनोहरा युनाईटेडको बिजयी सुरुवात

११ साउन

मनोहरा कप अन्तर्गत आज पहिलो चरणको खेलको अन्तिम दिन रहेको थियो |

आजको खेलमा आयोजक टोली र रियल फुटबल एकेडेमी भिडेका थिए |

manohara

निर्धारित समय सम्म खेल टुंगो नलागे पछि खेल पेनाल्टीमा पुगेको थियो |
अन्तत सडेन देथले खेलको नतिजा निकाल्न मद्दत गर्यो |

खेलमा सुरुवाती गोल आयोजक मनोहरा युनाईटेडको तर्फ़बाट भएको थियो |

सरोज राज गिरीले मनोहरा युनाईटेडलाई ११ औ मिनेटमा अग्रता दिलाए |
उनले कर्नेर बललाई सदुपयोग गर्दै गोल गरेका थिए |

पहिलो हाफमा अग्रता लिएको आयोजक मनोहराले दोस्रो हाफको सुरुवाती समयमा नै गोल खायो |
दोस्रो हाफको ४ मिनेटमा दिनेस हेम्जाले गोल गरी स्कोरलाई बराबरीमा ल्याए |

निर्धारित समय सम्म थप कुनै गोल हुन नसकेको कारणले गर्दा खेल पेनाल्टीमा पुग्यो |

अन्तत : आयोजक मनोहराले सडेन देथमा रियल फुटबल एकेडेमीलाई ७-६ ले हरायो |

च्यम्पिओन्स बोय्ज़ बिजयी

साउन १०

प्रथम मनोहरा कप अन्तर्गत आज भएको च्यम्पिओन्स बोय्ज़ र म्यानचेस्टर युनाईटेड फ्यानक्लब नेपालबिच भएको खेलमा च्यम्पिओन्स बोय्ज़ बिजयी भएको छ|

पेप्सीकोलाको टाउन प्लानिंग मैदानमा भइरहेको प्रतियोगितामा च्यम्पिओन्स बोय्ज़ ३-१ ले बिजयी भएको छ |

pic 2

खेलको १२औ मिनेटमा सुदिप खड्काले म्यानचेस्टर युनाईटेड नेपालको लागि गोल गरे |
निकैनई प्रतिस्मधात्मक भएको खेलमा दुवै टोलि आक्रामक रुपमा प्रस्तुत भएका थिए |

खेलको २७औ मिनेटमा रमन श्रेष्ठले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरी बनाए |
खेलको २६ औ मिनेटमा पाएको कर्नर बल हान्दा विपक्षले हातले रोकेकोले गर्दा च्यम्पिओन्स बोय्ज्ले पेनाल्टी पाएको थियो |

पहिलो हाफ सकिन २ मिनेट बाकी हुदा च्यम्पिओन्स बोय्ज़क युमन चोचेले ३८ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए |
बर्षा र हिलो मैदानको कारण खेल ४० मिनेट हाफको खेलिएको थियो |

पहिलो हाफमै अग्रता लिएको च्यम्पिओन्स बोय्ज्का लागी उत्तम भण्डारीले ६१ औ मिनेटमा टोलिको अग्रता दोब्बर बनाए |

म्यानचेस्टर युनाईटेड फ्यान क्लब नेपालका लागी १२औ मिनेटमा खाता खोलेका सुदिप खड्का थपिएको समयमा पेनाल्टी हान्दा चुकेका थिए |
उनले पोस्ट बाहिर पेनाल्टी हानेका थिए |

खेलको निर्धारित समय ८० मिनेट तोकिएको थियो |
अन्तत: खेलको अन्तिम स्कोर च्यम्पिओन्स बोय्ज़को पक्ष्यमा ३-१ भएको थियो |

मनहराको गत्ठाघर बिरुद्ध १०-० को जित

सी डिभीजन क्लब मनोहोरा युनाईटेडद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कपको आज तेस्रो दिनको खेलमा टिम मनहरा- गत्ठाघर बिरुद्ध १०-० को जित र टिम गत्ठाघर भिडेका थिए |
टाउन प्लानिंग, पेप्सीकोलाको खेल मैदानमा भइरहेको प्रतियोगितामा दैनिक २ खेल खेलाउने गरिएको छ |

बिहान ८ बजे भएको खेलमा टिम मनहराले गत्ठाघर बिरुद्ध १०-० को जित हासिल गरेको छ |

ert

मनहराको लागि कप्तान संजिव खड्काले ५ गोल गरका छन् |

खेलको पहिलो मिनेटमै आफ्नो खाता खोलेको टिम मुलपानीका लागि गोलकर्ताहरु निम्मं लिखित छन् |

१' रोमन कार्की
११' प्रवीण न्यौपाने
३२' संजिव खड्का
३६' रोशन चापागाईं
३८' संजिव खड्का
४१' प्रविन न्यौपाने
५७' संजिव खड्का
६३' संजिव खड्का
६९' संजिव खड्का
७२' संजिव खड्का

 

त्यस्तै आजै भएको दोस्रो खेलमा पनौती एकेडेमीले टिम गंगटालाई २-१ गोलले पराजित गरेको छ |

शंकर रघु श्रेष्ठ र साजन प्रधानले पनौतीको लागी गोल गरे भने अरुज सिंहले पेनाल्टी मार्फत गंगटाको खाता खोले |

प्रथम मनोहोरा कप- टिम स्पीड बिजयी

साउन ८

सी डिभीजन क्लब मनोहोरा युनाईटेडद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कपको आज दोस्रो दिनको खेलमा टिम स्पीड र ग्लसिअर कलेज भिडेका थिए |

टाउन प्लानिंग, पेप्सीकोलाको खेल मैदानमा भइरहेको प्रतियोगितामा दैनिक २ खेल खेलाउने गरिएको छ |

बिहान ८ बजे भएको खेलमा टिम स्पीडले ग्लसिअर कलेजलाई १ गोलको अन्तरले पाखा लगाएको छ |

winner


बर्षाका कारण हिल्लामे भएको मैदानमा सुरुवाती समयमै टिम स्पीडले अग्रता लियो |

टिम स्पीडका लागि राहुल खड्काले २ मिनेटमा गोल गरे |
डि- बक्स भित्रको हिलोको फाइदा उठाउदै टिम स्पीडले अग्रता लियो |

समय बखत राम्रो पास र राम्रो खेल प्रस्तुत गरेपनि ग्लसिअर कलेज खेलमा फर्कन सकेन |

अन्तत: खेलमा टिम स्पीड ले १-० को जित हासिल गर्यो |

 

प्रथम मनोहरा कपको उत्घाटन खेलमा इलाइट फुटबल क्लबको बिजयी सुरुवात

साउन ७

सी डिभीजन क्लब मनोहोरा युनाईटेड क्लबद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कप आज बाट सुरु भएको छ |

manohara

२० टिमले सहभागिता जनाएको नक-आउट प्रतियोगिता टाउन प्लानिंग, पेप्सीकोलाको खेल मैदानमा भइरहेको छ |

आज भएको उद्घाटन खेलमा इलाइट फुटबल क्लब र पाईरेट्स फुटबल क्लबबीच भिडन्त भएको थियो |
निकै रोमान्चक भएको खेलमा निर्धारित समय सम्म दुवै टोलिले १-१ गोलको बराबरी खेलेका थिए |

इलाइट फुटबल क्लबका लागि आन्ग्बे शेर्पाले २३ औ मिनेटमा फ्री-किक गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए |

पहिलो हाफसम्म अग्रता लिएको इलाइट फुटबल क्लबले दोस्रो हाफमा अग्रता जोगाउन सकेन |
पाईरेट्स फुटबल क्लबका लागि आइवेरी-कोस्टका खेलाडी फ्लोरेन्ट कोएराले ६१ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए |

निर्धारित समयसम्म खेल बराबरी भए पछि , खेल टाइ- ब्रेकरमा पुगेको थियो |
टाइ- ब्रेकरमा पुगेको खेलमा पाईरेट्स फुटबल क्लबका गोल कर्ता फ्लोरेन्ट कोएरा चुकेका थिए |

अन्तत: खेल इलाइट फुटबल क्लबले टाइ- ब्रेकरमा ५-४ गोलले जित हासिल गर्यो |