मनोहोरा कप आज बाट सुरु हुदै

साउन ७

मनोहोरा कप आज बाट सुरु हुदै

सी डिभीजन क्लब मनोहोरा युनाईटेड क्लबद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कप आज बाट सुरु हुदै छ |

२० टिमले सहभागिता जनाएको नक-आउट प्रतियोगिता टाउन प्लानिंग पेप्सीकोला खेल मैदानमा हुन लागिरहेको छ |

लिग नभएको बेलामा फुटबल विकासको लागि योगदान दिने हेतुले संचालन हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार रहेको छ भने दोस्रो पुरस्कार ५० हजार रहेको छ |

त्यसका साथै प्रतियोगिताका उत्कृस्ट खेलाडी , उत्कृस्ट फरवार्ड, मिडफिल्ड र डिफेनसलाई जनही ५ हजार रुपैया पुरस्कार दिने जनाइएको छ |

प्रतियोगिताको फाइनल खेल भने श्रवन २१ गते सनिबार रहेको छ |

आज १ बजे बाट उद्घाटन हुन लागेको प्रतियोगिताको प्रथम खेल अपराह्नन २ बजे हुने भनिएको छ |
प्रथम खेल इलाइट फुटबल क्लब र पाईरेट्स फुटबल क्लब बीच हुन गैरहेको छ |

पूर्व म्यानचेस्टर युनाईटेड स्टार पुन प्रिमियर लिग फर्कदै

मेक्सिकोका स्टार जाविएर हर्नानडेज 'चिचारिटो' पुन प्रिमियर लिग फर्कने भएका छन् |

म्यानचेस्टर युनाईटेडमा ५ वर्ष बिताएका फरवार्ड १ वर्षको लागि रियल मद्रिड लोनमा गएका थिए |

सन् २०१५ मा उनी जर्मन क्लब बायर्न लेव्रेकुसन गएका थिए |1061575 imgw750


त्यहाँ उनले ५४ खेलमा २८ गोल हानेका छन् |

तर हालसालै भएको सम्झौता अनुसार हर्नानडेज वेस्ट ह्याम आउने पक्का पक्कि भएको छ |
दुइ क्लब बीच उनको बिषयमा सम्झौता भैसकेको छ |

येही वर्ष मे महिना मा उनी मेक्सिको को सर्बाधिक गोलकर्ता बनेका छन्|
हालसम्म मेक्सिको को लागि ९६ खेलमा ४८ गोल हानिसकेका छन् |

वेस्ट ह्यामले म्यानचेस्टर सिटीका गोलकिपर जो हार्टलाई लोनमा भित्र्याएको छ |
साथै सिटी कै राइट ब्याक जबलेटालाई फ्री ट्रांस्फरमा अनुबन्दित गरेको छ |

कुरा भोलि (शुक्रबार) बिहान हुने म्यानचेस्टर डरर्बीको :

कुरा म्यानचेस्टर डरर्बीको :

पहिलो-पल्ट आफ्नो देश बाहिर खेलिन लागेको म्यानचेस्टर डरर्बी - हस्टन- अमेरिकामा हुदैछ |

DAhR9blXYAA76rA

भोलि बिहान ७:१५ मा हुन लागेको यो खेल अतिनै रोमान्चक हुने आशा गरिएको छ |

१७५ औ पल्ट खेलिन लागेको यो खेलमा दुवै टिमको नयाँ आक्रामक खेल शैली र नयाँ खेलाडीको परिक्ष्य हुने अनुमानित गरिएको छ |

नेपाली समय :

शुक्रबार बिहान : ७ : १५

 

खेल टीबीमा टेन २ च्यानेलमा हेर्न सकिनेछ |

नेपाल VS येमन - Details

नेपाल VS येमन
समय : ३ बजे -मंगलबार
स्थान : एपीअफ रंगशाला - हल्चोव्क
टिकट : रु १०००/-
७०० वटा मात्र टिकट बेचिने छ |
टिकेट इ-सेवा र हल्चोव्क मैदान को गेटमा पाइने छ | football.esewa.com.np19093063 1343442975703688 3990359983171981692 o

एपी १ HD बाट खेलको प्रतक्ष प्रसारण |

इटहरी गोल्डकप शनिबारदेखि सुरु |

प्रत्येक वर्ष राष्ट्रिय जागृती क्लबले आयोजना गर्दै आएको अन्तर्राष्ट्र्रिय आमन्त्रण इटहरी गोल्डकपको ११औं संस्करण शनिबारबाट सुरु हुने भएको छ । २०६२ सालसम्म दानबहादुर स्मृति गोल्डकपको नाममा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले त्यसपछि इटहरी गोल्डकपको नाममा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो पटक ८ वटा टिमले प्रतियोगितामा भाग लिनेछन् । हिमालन शेर्पा, चर्च व्वाइज, मोरङ-११, व्वाइज युनियन, झापा-११, सुनसरी-११, कञ्चनजंघा स्पोर्टिङ क्लब भारत र आयोजक राजा क्लब मैदानमा उत्रदैछन् । व्यस्त तालिकाको कारण यो पटक विभागीय टिमको चाजो मिल्न नसकेको आयोजकले बताए ।
यो पटक प्रथम पुरस्कारको राशि दुई लाख बनाइएको छ । अघिल्लो वर्ष १ लाख ११ हजार मात्र थियो । दोस्रो पुरस्कार एक लाख नगद रहेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ३२ इन्जको टिभी, म्यान अफ दी म्याचलाई ५ हजार नगद र इटहरीका उदयमान खेलाडीलाई २४ इन्चको एलइडी टिभी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई यो वर्ष १० हजार नगद दिइने छ । पुरस्कार राशि गत वर्षभन्दा दोब्बर गरिएको छ भने टेलिभिजनको साइज पनि यो पटक बढाइएको क्लबका कार्यवहाक सभापति सन्तकुमार डुम्जनले बताए । यो पटक २४ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने खेल सधैंझै जनता प्राविको खेल मैदानमा हुनेछ ।

Itahario 01032017123053 1000x0

कान्तिपुर