आगामी २०७१ साल भाद्र १५ गते देखि २५ गते सम्म काठमाण्डौको दशरथ रंगशालामा 'ए' डिभिजन नक–आउट फुटबल प्रतियोगिता २०७१ संचालन गरीने ।

64821 285999141471907 2133972839 n

मिति : २०७१ भाद्र २ गते
श्रीमान् सम्पादकज्यू
सबै संचार माध्यम ।

बिषय: समाचार प्रकाशित एवम् प्रसारित गरीदिने बारे ।

महोदय,
उपरोक्त सम्बन्धमा अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार आगामी २०७१ साल भाद्र महिनाको दोश्रो हप्ताबाट सन्चालन हुने नकआउट फुटबल प्रतियोगिता र संघले आगामी दिनमा यस वर्ष सन्चालन गर्ने अन्य प्रतियोगिता सम्बन्धि छलफल गर्नको लागि आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधीहरु बिच भएको बैठकले तपशिल बमोजिमको निर्णय गरेको जानकारी गराउदछौं ।

१) आगामी २०७१ साल भाद्र १५ गते देखि २५ गते सम्म काठमाण्डौको दशरथ रंगशालामा 'ए' डिभिजन नक–आउट फुटबल प्रतियोगिता २०७१ संचालन गरीने ।
२) उक्त प्रतियोगितामा सहभागी हुने टिमहरुलाई गत वर्ष सम्पन्न गोर्खा कप फुटबल प्रतियोगिता २०७० मा उपलब्ध गराईएको सरह नै सुविधाहरु एन्फाबाट प्रदान गरीने ।
३) यसै वर्ष देखि आयोजना गरिने 'राष्ट्रिय लिग(होम एण्ड अवे)' यहि २०७१ साल कार्तिक २१ गते देखि संचालन गरीने ।
४) उक्त राष्ट्रिय लिग फुटबल प्रतियोगिताको लागि आगामी असोज १ गते देखि खेलाडी दर्ता प्रक्रिया खुल्ला गरिने ।
५) यस बैठकमा उपस्थित नभएका क्लबहरु : मछिन्द्र क्लब, फ्रेण्डस क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबले एन्फाको अनुरोध अनुसारको प्रतिवद्धता पत्र एन्फामा बुझाई प्रतियोगितामा सहभागी हुन अनुरोध गरेमा नियम बमोजिमको प्रतियोगितामा सहभागीता प्रदान गराईने ।

उक्त समाचारलाई यहांको संचार माध्यमबाट प्रकाशित एवम् प्रसारित गरीदिनु हुन संघ हार्दिक अनुरोध गर्दछ ।

भवदीय
ललितकृष्ण श्रेष्ठ
प्रथम उपाध्यक्ष एवम् प्रवक्ता

 

पोखरा का तीन एसियाड फुटबल टोली मा

पोखरा का तीन एसियाड फुटबल टोली मा
सहारा एकेडेमीका अजित भण्डारीsahara
एन्फाले दक्षिण कोरियाको इन्चोक मा हुने एसियाली खेलकुद अन्तर्गत फुटबलमा यू २३ मा पोखरा का तीन जना सहित सुसिल के.सी, हेमन गुरुङ्घ, अजित भण्डारी २० जना भित्र पर्न सफल भएको छ । भण्डारी सहारा एकेडेमी दोस्सो समुह मा उत्पादक हुन भन नेपाल पुलिस मा आबद्ध छन्। के.सी, गुरुङ्,एन्फा का उत्पादक हुन 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीका १० सहित २० खेलाडीको अन्तिम छनोट गरेको छ। दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुदअन्तर्गत फुटबलमा यु–२३ ले प्रतिस्पर्धा गर्नेछ। युवा टोलीमा बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान छ। ज्याक स्टेफानोस्कीले बढी उमेरका तीन खेलाडीमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहित सन्दीप राई र विक्रम लामा समेटेका छन्। युवा टोलीमा परेका राष्ट्रिय टोलीका सदस्यमा रोहित चन्द, रविन श्रेष्ठ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, विमल घर्तीमगर, असिमजंग कार्की र गोलकिपर एलेन न्यौपाने छन्। बन्द प्रशिक्षणका ३० मध्ये अन्तिम छनोटमा परेका अन्य खेलाडीमा भरत खवास, अमर डंगोल, सुशील केसी, हेमन गुरुङ, आदित्य चौधरी, अजित भण्डारी, रञ्जित धिमाल, विकेश कुथु, दिनेश थापामगर र गोलकिपर विकेश कुथु छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) मार्फत एन्फाले २० खेलाडीको अन्तिम नाम दर्ता गराइसकेको छ। टोली व्यवस्थापकमा एन्फाका केन्द्रीय सदस्य रमेश रायमाझी छन्। यसैबीच गोलनेपाल डटकमका अनुसार नेपाली युवा टोलीसँग दुई मैत्रीपूर्ण फुटबलका लागि अर्को महिना बंगलादेशको यु–२३ टोली काठमाडौं आउनेछ। एसियाली खेलकुदको तयारीमा रहेको युवा टोली र त्रिभुवन आर्मीबीच शुक्रबार सातदोबाटोमा भएको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो।

content:-sahara club pokhara

NATIONAL PLAYER ON FUTSAL

mmc1mmc2

Friendly :RSCA U19 5-0 Nepal U17 | full time

10604640 10152570828368911 6779534291844181865 o

RSCA U19 defeated Nepal U17 by 5-0 

Nepal U-16 national football team defeated local club KFC Zwarte Leeuw by 3-2 in a friendly

KATHMANDU, Aug 10: Nepal U-16 national football team, which is in Belgium for two weeks to prepare for the AFC U-16 Championship, defeated local club KFC Zwarte Leeuw 3-2 in a friendly match played in Brussels on Saturday. Bikash Thapa, Kiran Sunar and Hemant Thapa scored for Nepal in the win over the Rijkevorsel-based club.

u17

On Wednesday, the Nepali youth team will play a friendly match against the youth team of Royal Sporting Club Anderlecht, Belgium´s most successful football team with nine Belgian Cups. Nepal U-16 team captain Bimal Gharti Magar currently plays for Anderlecht.

The Nepali team left for Belgium on August 6 to prepare for the AFC U-16 Championship, which will take place from September 6 to 20 in Thailand.

Nepal has been drawn alongside Uzbekistan, Kuwait and North Korea in Group C of the championship. The tournament´s semifinalists will qualify for the 2015 FIFA U-17 World Cup in Chile.

content:-myrepublica