माइभ्याली गोल्डकपको तेस्रो संस्करण

पूर्वी पहाडी क्षेत्रको सर्वाधिक पुरस्कार राशि भएको माइभ्याली गोल्डकपको तेस्रो संस्करण यहि चैत्र १७ गतेदेखि हुने भएको छ ।

17410277 1253109811424851 2144019711 n

प्रतियोगितामा नेपालका ८ टिम र भारतको २ टिम गरी १० टिमको सहभागी रहने उत्त खेलको तयारी अन्तिम चरणमा पुगेको छ ।


माइभ्याली क्लव इलाम र जिल्ला फुटवल संघको संयुत्त आयोजनामा हुने खेलमामा नेपालको उत्कृष्ट टिमहरु लक्ष्मि हुन्डाई मनाङ्ग मरस्याङ्गदी, संकटा क्लव,विभागिय टिमहरु नेपाल आर्मी ,शसस्त्र प्रहरी वल एपिएफ र नेपाल प्रहरी, रुपन्देही ११,झापा ११,यस्तै दुर्गापुर स्टील कलकत्ता, ग्लोवल एफ.सी.आसाम र आयोजक माइ भ्याली क्लव सहभागी हुनेछन ।

गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले नगद रु चार लाख र उप विजेताले नगद रु दुई लाख पचास हजार पाउनेछन भने खेल अवधि भरी उत्कृष्ट खेलाडिलाई मोटर साइकल उपहार तथा वेष्ट स्कोररले नगद रु पच्चिस हजार पाउनेछन र प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद रु सात हजार पाउने छ ।


गतवर्ष माघ महिनामा आयोजना भएको गोल्डकप यो वर्ष मौसमका कारणले चैत्र महिनामा सारिएको जानकारी गराउदै क्लवका अध्यक्ष धिरेन चेम्जोङ्गले यो वर्षमात्रै खेल मैदानको स्तर उन्नतीका लागि करिब १३ लाख खर्च भैसकेको छ त्यसैले यो वर्षको खेल समय तथा मैदान दुवै खेलाडीको लागी उत्तम रहेको वताउनु भयो ।


त्यस्तै इलामका जनाताको खेल प्रतिको लगावका कारण विगत दुई संस्करण सफल भएकोले यो वर्ष पनि यो प्रतियोगिता सफल हुनेमा विष्वस्त रहेको जिल्ला फुटवल संघ इलामका अध्यक्ष निरोज खड्गीले बताउनु भयो ।


प्रतियोगिता सम्पन्न गर्नका लागि करिब रु ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।