राष्ट्रिय रेफ्री बन्ने सपनको सपना |

बिज्ञान र खेलकुद नयाँ युगका दुइ सारथी भएपनि हाम्रो समाजमा अझै बिज्ञान र खेलकुद जोडी साझा सपना देखाउने अभिभावकको खाचो छ | स्मरणीय होसः, हाम्रा धेरै होनहार खेलाडीहरुलाई बिज्ञान बिषयको ट्यागले खेलमा आफ्नो भबिष्य सुनिस्चित गराउन रोकेको छ |
हो, येस्तै विसंगति लाई तोडी, मैदानमा उत्रेर अरुलाई अनुशाशित बनाउने काम गरिरहेका छन् युवा रेफेरी सपन बस्नेत| सानै देखि फुटबलमा रुचि राख्ने सपनको सपना तब सुरु भयो जब उनले +२ मा बिज्ञान बिषय लिएर पास गरे र आफुलाई फुटबलमा समर्पित गरे|१६ बर्षको उमेरबाट फुटबल खेलाउन सुरु गरेका सपनले अहिले सम्म १०० भन्दा बढी खेल खेलिसकेका छन् | हरिश कार्की उर्फ च्यान्टेलाइ आफ्नो आदर्श व्यक्तित्व मान्ने सपन च्यान्टेकै पथमा हिडेका छन् | नेपालकै सबैभन्दा सानो उमेरमा राष्ट्रिय रेफ्री बनेर कृतिमान बनाएका च्यान्टेलाई उनकै चेलाले पछ्याएका हुन् |

sapanहालसालै भएको प्रदेश ३ स्तरिय २०७६ को एन्फा कोर्सको व्याच टप गरेका सपनले ३७ प्रतिस्पर्दी लाई पछि पारेका थिए| उक्त कोर्स दोलखामा भएको थियो| जिल्ला स्तरिय खेल , क्विक्स कप र जय नेपाल जस्तो स्तरिय प्रतियोगिताहरु सपनले खेलाइसकेका छन् | 'ए' डिभीजन क्लबहरुको मैत्रीपुर्ण खेल खेलाएर अनुभव बटुलेका सपन धेरै जसो सानो गौचरनको मैदानमा हुन्छन| उनीसंग नेपाल प्रहरी र सशस्त्र प्रहरीको खेल खेलाएको अनुभव पनि छ | सपनको अबको लक्ष राष्ट्रिय रेफ्री बन्ने रहेको छ| 

sapan 1
आशा गरौ, सपनको रेफ्री बनेर नेपाली फुटबललाई अघि बढाउने सपना पुरा होस् |