सानो उमेरमै राष्ट्रिय रेफ्री बनेका 'च्यान्टे' उर्फ हरिश |
- Details
- Category: Domestic
- Published on Tuesday, 07 August 2018 10:30
- Written by Nepalifootball
- Hits: 18441
सानै उमेर देखि फुटबल मैदान नजिक भएर हो कि भाग्यको खेल हो च्यान्टे अर्थात् हरिश कार्की फुटबल तर्फ़ आकर्षित थिए |टाउन प्लानिंग पेप्सी कोला घर भएका हरिशलाई नेपाली फुटबल जगतमा धेरैले ‘च्यान्टे’ को उपनामले चिनछन् | होचो कद ,सानो ज्यु डाल भएका हरिश सानै देखि फुटबल खेल्थे , २०६९ सालमा प्लानिंग ब्य्ज़ युनाईटेडबाट 'सी' डीबीजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा उनि रमाए |
प्लानिंग मैदानमा हुने धेरै जसो खेलमा रमाउने उनि खेललाई नियालेर हेर्ने गर्दथे |कहिले कहिँ स्थानीय खेलमा रेफ्रीको भूमिका निर्बाह गर्ने मान्छे नहुदा साथी भाईको कर कापमा लागेर रेफ्री बनेर खेल खेलाउने हरिश अहिले आएर नेपालकै सबै भन्दा कान्छा उमेरका राष्ट्रिय रेफ्री भएका छन् | राष्ट्रिय रेफ्रीको उपाधि - राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् |
राष्ट्रिय रेफ्रीको उपाधि पाउन्जेल सम्म निकैनै मिहिनत गर्नु परेको हरिशको भनाइ छ |१८ बर्षको उमेरमा एन्फाको रेफ्री कोर्ष उतिर्ण गरेका च्यान्टे राष्ट्रिय रेफ्री प्रज्वल छेत्रीलाई आफ्नो आइडल मान्दछन्|आफुले गरेको मिहिनेत र अन्य रेफ्री दाई -दिदिको मायाले गर्दा आफु यहाँ सम्म पुगेको कुरा उनि दिल खोलेर भन्दछन् |प्राय जसो सबै फिफा रेफ्रीहरु संग एसीसटेन्ट बनेर काम गरिसकेका च्यान्टेले ठुला प्रतियोगिताहरु पनि सम्हालिसकेका छन् |
हालै सम्पन्न यु-१८ 'ए' डीबीजन लिग र बडी धनराशी भएको रेड बुल फूट्सल लिगमा समेत हरिशले आफ्नो छाप छोडिसकेका छन् |प्राय जस्तो उद्घाटन र फाइनल खेलमा आफ्नो स्थान बनाउन सफल उनले धेरै जसो महत्वपुर्ण खेलमा रेफ्रीको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल रहेको उनी बताउछन् |
आफुले पाएको उपलब्धिबाट रमाएका हरिश अझै पनि मिहिनत गर्दै जाने र सकेसम्म नेपाली फुटबल लाई केहि योगदान दिने सोचमा छन् |प्लानिंगमा रेफ्री बन्न इच्छुक साना साना भाई बहिनिलाई खेलको नियम सिकाउनुको साथै रेफ्रीको भूमिकाको बारेमा बोल्ने हरिश भविस्यमा एकेडेमी खोल्ने सोचमा छन् ||
उनको अबको लक्ष्य भनेको चाडै भन्दा चाडै फिफा रेफ्री बन्नु रहेको छ |