पहिलो मनोहरा कप अन्तर्गत आज भएको फाइनल खेलमा टिम बिर-भद्रले पेनाल्टी शूट आउटमा टिम स्पीडलाई पराजित गर्दै उपाधि चुमेको छ |
टाउन प्लानिंग खेल मैदान, पेप्सीकोलामा भएको फाइनल खेलमा निर्धारित समय सम्म खेलको टुंगो नलागेपछि खेल पेनाल्टीमा पुगेको थियो |
निकै नै प्रतिस्पधात्मक भएको खेलमा दुवै टोलि आक्रामक रुपमा प्रस्तुत भएका थिए |
अन्तत: खेल टिम बिर-भद्र ले ४-२ अन्तरले जित्न सफल भयो |
च्यम्पिओन टोलि बिर-भद्रले प्रथम पुरस्कार स्वरुप रु ७५ हजार पाएको छ |
उप बिजेता टिम स्पीडले भने रु ५० हजारमा चित्त बुजाएको छ |
प्रतियोगिताको उत्कृस्ट खेलाडी चुनिएका बिर भद्रका मोहन गुरुङ र गोल किपर दिपेश यादवले जनही रु ५ हजार प्राप्त गरे |