च्यम्पिओन्स बोय्ज़ पराजित - टिम स्पीड फाइनलमा
- Details
- Category: Domestic
- Published on Thursday, 03 August 2017 09:41
- Written by Nepalifootball
- Hits: 2714
च्यम्पिओन्स बोय्ज़ पराजित - टिम स्पीड फाइनलमा
प्रथम मनोहर कप अन्तर्गत भएको दोस्रो सेमी फाइनल खेलमा टिम स्पीड बिजयी भएको छ |
टिम स्पीडले च्यम्पिओन्स बोय्ज़ लाई २-० ले पाखा लगाउदै फाइनलमा प्रबेस गरेको हो |
पहिलो हाफसम्म दुवै टोलिले गोल गर्न सकेको थिएनन् |
दोस्रो हाफको ६९औ मिनेटमा विकास लामाले पेनाल्टी मार्फत टिम स्पीडलाई अग्रता दिलाए |
विपक्षको हातमा बल लागेकोले गर्दा टिम स्पीले पेनाल्टी पाएको थियो |
८१ औ मिनेटमा पुन: विकास लामाले गोल गर्दै टोलिको अग्रता दोब्बर बनाए |
निकै नै रोमान्चक भएको खेलमा च्यम्पिओन्स बोय्ज़ले धेरै मौका पाए पनि सदुपयोग गर्न सकेन |
अन्तत : खेल टिम स्पीड ले २-० ले जित्यो |
शनिबार हुने फाइनल खेलमा टिम स्पीडले बिर भद्र संग प्रतिस्पर्दा गर्ने भएको छ |
खेल दिउसो २ बजे पेप्सीकोला टाउन प्लानिंग खेल मैदानमा हुने छ |