टिम बिर-भद्र फाइनलमा प्रबेस- पहिलो मनोहरा कप

१७ साउन

काठमाडौँ,

पहिलो मनोहरा कप अन्तर्गत भएको पहिलो सेमी फाइनल खेलमा टिम बिरभद्रले दक्षिणढोका युवा क्लबलाई पराजित गरेको छ |

bir bhadra

पेप्सीकोला खेल मैदानमा भएको खेलमा सुरुवाती समयमै टिम बिरभद्रले अग्रता लिएको थियो |
टिम बिर-भद्रको लागि अफ्रिकी मूलका खेलाडी मार्टिनले ६ मिनेटमा गोल गरेका थिए |

२६ औ मिनेटमा सन्तोस कटुवालले दक्षिणढोकाको लागी गोल गर्दै खेल बराबरीमा ल्याए |

पहिलो हाफमा १-१ को बराबरी खेलेको दुवै टोली दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएका थिए |

दोस्रो हाफको ५२ र ६९ मिनेटमा रमेश तामांगले गोल गर्दै टिम बिरभद्र लाइ ३-१ को अग्रता दिलाए |

दक्षिणढोकाले केही आक्रामक खेल खेले पनी बिरभद्रका गोल किपरको उत्कृस्ट बचाऊका कारण थप गोल गर्न दक्षिणढोका असक्षम रहय्यो |

८१ मिनेट बाट १० खेलाडीमा सिमित रहेको दक्षिण-ढोकाको लागी बाकी समय सुखद रहेन |
खेलको ८४ औ मिनेटमा दिनेस कार्कीले बिर-भद्रको लागि गोल गर्दै अन्तिम स्कोर ४-१ बनाए |

दक्षिण ढोकाका बुद्ध लामाले दोहोरो पहेलो कार्ड खादै ८१ औ मिनेटमा मैदान बाहिर निस्केका थिए |

अन्तत : खेल बिर-भद्र ले ४-१ ले जित्यो र फाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भयो |