आयोजक टोली मनोहरा युनाईटेडको बिजयी सुरुवात

११ साउन

मनोहरा कप अन्तर्गत आज पहिलो चरणको खेलको अन्तिम दिन रहेको थियो |

आजको खेलमा आयोजक टोली र रियल फुटबल एकेडेमी भिडेका थिए |

manohara

निर्धारित समय सम्म खेल टुंगो नलागे पछि खेल पेनाल्टीमा पुगेको थियो |
अन्तत सडेन देथले खेलको नतिजा निकाल्न मद्दत गर्यो |

खेलमा सुरुवाती गोल आयोजक मनोहरा युनाईटेडको तर्फ़बाट भएको थियो |

सरोज राज गिरीले मनोहरा युनाईटेडलाई ११ औ मिनेटमा अग्रता दिलाए |
उनले कर्नेर बललाई सदुपयोग गर्दै गोल गरेका थिए |

पहिलो हाफमा अग्रता लिएको आयोजक मनोहराले दोस्रो हाफको सुरुवाती समयमा नै गोल खायो |
दोस्रो हाफको ४ मिनेटमा दिनेस हेम्जाले गोल गरी स्कोरलाई बराबरीमा ल्याए |

निर्धारित समय सम्म थप कुनै गोल हुन नसकेको कारणले गर्दा खेल पेनाल्टीमा पुग्यो |

अन्तत : आयोजक मनोहराले सडेन देथमा रियल फुटबल एकेडेमीलाई ७-६ ले हरायो |