च्यम्पिओन्स बोय्ज़ बिजयी

साउन १०

प्रथम मनोहरा कप अन्तर्गत आज भएको च्यम्पिओन्स बोय्ज़ र म्यानचेस्टर युनाईटेड फ्यानक्लब नेपालबिच भएको खेलमा च्यम्पिओन्स बोय्ज़ बिजयी भएको छ|

पेप्सीकोलाको टाउन प्लानिंग मैदानमा भइरहेको प्रतियोगितामा च्यम्पिओन्स बोय्ज़ ३-१ ले बिजयी भएको छ |

pic 2

खेलको १२औ मिनेटमा सुदिप खड्काले म्यानचेस्टर युनाईटेड नेपालको लागि गोल गरे |
निकैनई प्रतिस्मधात्मक भएको खेलमा दुवै टोलि आक्रामक रुपमा प्रस्तुत भएका थिए |

खेलको २७औ मिनेटमा रमन श्रेष्ठले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरी बनाए |
खेलको २६ औ मिनेटमा पाएको कर्नर बल हान्दा विपक्षले हातले रोकेकोले गर्दा च्यम्पिओन्स बोय्ज्ले पेनाल्टी पाएको थियो |

पहिलो हाफ सकिन २ मिनेट बाकी हुदा च्यम्पिओन्स बोय्ज़क युमन चोचेले ३८ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए |
बर्षा र हिलो मैदानको कारण खेल ४० मिनेट हाफको खेलिएको थियो |

पहिलो हाफमै अग्रता लिएको च्यम्पिओन्स बोय्ज्का लागी उत्तम भण्डारीले ६१ औ मिनेटमा टोलिको अग्रता दोब्बर बनाए |

म्यानचेस्टर युनाईटेड फ्यान क्लब नेपालका लागी १२औ मिनेटमा खाता खोलेका सुदिप खड्का थपिएको समयमा पेनाल्टी हान्दा चुकेका थिए |
उनले पोस्ट बाहिर पेनाल्टी हानेका थिए |

खेलको निर्धारित समय ८० मिनेट तोकिएको थियो |
अन्तत: खेलको अन्तिम स्कोर च्यम्पिओन्स बोय्ज़को पक्ष्यमा ३-१ भएको थियो |