प्रथम मनोहोरा कप- टिम स्पीड बिजयी

साउन ८

सी डिभीजन क्लब मनोहोरा युनाईटेडद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कपको आज दोस्रो दिनको खेलमा टिम स्पीड र ग्लसिअर कलेज भिडेका थिए |

टाउन प्लानिंग, पेप्सीकोलाको खेल मैदानमा भइरहेको प्रतियोगितामा दैनिक २ खेल खेलाउने गरिएको छ |

बिहान ८ बजे भएको खेलमा टिम स्पीडले ग्लसिअर कलेजलाई १ गोलको अन्तरले पाखा लगाएको छ |

winner


बर्षाका कारण हिल्लामे भएको मैदानमा सुरुवाती समयमै टिम स्पीडले अग्रता लियो |

टिम स्पीडका लागि राहुल खड्काले २ मिनेटमा गोल गरे |
डि- बक्स भित्रको हिलोको फाइदा उठाउदै टिम स्पीडले अग्रता लियो |

समय बखत राम्रो पास र राम्रो खेल प्रस्तुत गरेपनि ग्लसिअर कलेज खेलमा फर्कन सकेन |

अन्तत: खेलमा टिम स्पीड ले १-० को जित हासिल गर्यो |