प्रथम मनोहरा कपको उत्घाटन खेलमा इलाइट फुटबल क्लबको बिजयी सुरुवात

साउन ७

सी डिभीजन क्लब मनोहोरा युनाईटेड क्लबद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कप आज बाट सुरु भएको छ |

manohara

२० टिमले सहभागिता जनाएको नक-आउट प्रतियोगिता टाउन प्लानिंग, पेप्सीकोलाको खेल मैदानमा भइरहेको छ |

आज भएको उद्घाटन खेलमा इलाइट फुटबल क्लब र पाईरेट्स फुटबल क्लबबीच भिडन्त भएको थियो |
निकै रोमान्चक भएको खेलमा निर्धारित समय सम्म दुवै टोलिले १-१ गोलको बराबरी खेलेका थिए |

इलाइट फुटबल क्लबका लागि आन्ग्बे शेर्पाले २३ औ मिनेटमा फ्री-किक गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए |

पहिलो हाफसम्म अग्रता लिएको इलाइट फुटबल क्लबले दोस्रो हाफमा अग्रता जोगाउन सकेन |
पाईरेट्स फुटबल क्लबका लागि आइवेरी-कोस्टका खेलाडी फ्लोरेन्ट कोएराले ६१ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए |

निर्धारित समयसम्म खेल बराबरी भए पछि , खेल टाइ- ब्रेकरमा पुगेको थियो |
टाइ- ब्रेकरमा पुगेको खेलमा पाईरेट्स फुटबल क्लबका गोल कर्ता फ्लोरेन्ट कोएरा चुकेका थिए |

अन्तत: खेल इलाइट फुटबल क्लबले टाइ- ब्रेकरमा ५-४ गोलले जित हासिल गर्यो |