मनोहोरा कप आज बाट सुरु हुदै

साउन ७

मनोहोरा कप आज बाट सुरु हुदै

सी डिभीजन क्लब मनोहोरा युनाईटेड क्लबद्वारा आयोजना गरिएको प्रथम मनोहोरा कप आज बाट सुरु हुदै छ |

२० टिमले सहभागिता जनाएको नक-आउट प्रतियोगिता टाउन प्लानिंग पेप्सीकोला खेल मैदानमा हुन लागिरहेको छ |

लिग नभएको बेलामा फुटबल विकासको लागि योगदान दिने हेतुले संचालन हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार रहेको छ भने दोस्रो पुरस्कार ५० हजार रहेको छ |

त्यसका साथै प्रतियोगिताका उत्कृस्ट खेलाडी , उत्कृस्ट फरवार्ड, मिडफिल्ड र डिफेनसलाई जनही ५ हजार रुपैया पुरस्कार दिने जनाइएको छ |

प्रतियोगिताको फाइनल खेल भने श्रवन २१ गते सनिबार रहेको छ |

आज १ बजे बाट उद्घाटन हुन लागेको प्रतियोगिताको प्रथम खेल अपराह्नन २ बजे हुने भनिएको छ |
प्रथम खेल इलाइट फुटबल क्लब र पाईरेट्स फुटबल क्लब बीच हुन गैरहेको छ |