राष्ट्रिय रेफ्री बन्ने सपनको सपना |
- Details
- Category: Domestic
- Published on Friday, 08 November 2019 16:18
- Written by Nepalifootball
- Hits: 3694
बिज्ञान र खेलकुद नयाँ युगका दुइ सारथी भएपनि हाम्रो समाजमा अझै बिज्ञान र खेलकुद जोडी साझा सपना देखाउने अभिभावकको खाचो छ | स्मरणीय होसः, हाम्रा धेरै होनहार खेलाडीहरुलाई बिज्ञान बिषयको ट्यागले खेलमा आफ्नो भबिष्य सुनिस्चित गराउन रोकेको छ |
हो, येस्तै विसंगति लाई तोडी, मैदानमा उत्रेर अरुलाई अनुशाशित बनाउने काम गरिरहेका छन् युवा रेफेरी सपन बस्नेत| सानै देखि फुटबलमा रुचि राख्ने सपनको सपना तब सुरु भयो जब उनले +२ मा बिज्ञान बिषय लिएर पास गरे र आफुलाई फुटबलमा समर्पित गरे|१६ बर्षको उमेरबाट फुटबल खेलाउन सुरु गरेका सपनले अहिले सम्म १०० भन्दा बढी खेल खेलिसकेका छन् | हरिश कार्की उर्फ च्यान्टेलाइ आफ्नो आदर्श व्यक्तित्व मान्ने सपन च्यान्टेकै पथमा हिडेका छन् | नेपालकै सबैभन्दा सानो उमेरमा राष्ट्रिय रेफ्री बनेर कृतिमान बनाएका च्यान्टेलाई उनकै चेलाले पछ्याएका हुन् |
हालसालै भएको प्रदेश ३ स्तरिय २०७६ को एन्फा कोर्सको व्याच टप गरेका सपनले ३७ प्रतिस्पर्दी लाई पछि पारेका थिए| उक्त कोर्स दोलखामा भएको थियो| जिल्ला स्तरिय खेल , क्विक्स कप र जय नेपाल जस्तो स्तरिय प्रतियोगिताहरु सपनले खेलाइसकेका छन् | 'ए' डिभीजन क्लबहरुको मैत्रीपुर्ण खेल खेलाएर अनुभव बटुलेका सपन धेरै जसो सानो गौचरनको मैदानमा हुन्छन| उनीसंग नेपाल प्रहरी र सशस्त्र प्रहरीको खेल खेलाएको अनुभव पनि छ | सपनको अबको लक्ष राष्ट्रिय रेफ्री बन्ने रहेको छ|
आशा गरौ, सपनको रेफ्री बनेर नेपाली फुटबललाई अघि बढाउने सपना पुरा होस् |
सानो उमेरमै राष्ट्रिय रेफ्री बनेका 'च्यान्टे' उर्फ हरिश |
- Details
- Category: Domestic
- Published on Tuesday, 07 August 2018 10:30
- Written by Nepalifootball
- Hits: 18443
सानै उमेर देखि फुटबल मैदान नजिक भएर हो कि भाग्यको खेल हो च्यान्टे अर्थात् हरिश कार्की फुटबल तर्फ़ आकर्षित थिए |टाउन प्लानिंग पेप्सी कोला घर भएका हरिशलाई नेपाली फुटबल जगतमा धेरैले ‘च्यान्टे’ को उपनामले चिनछन् | होचो कद ,सानो ज्यु डाल भएका हरिश सानै देखि फुटबल खेल्थे , २०६९ सालमा प्लानिंग ब्य्ज़ युनाईटेडबाट 'सी' डीबीजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा उनि रमाए |
प्लानिंग मैदानमा हुने धेरै जसो खेलमा रमाउने उनि खेललाई नियालेर हेर्ने गर्दथे |कहिले कहिँ स्थानीय खेलमा रेफ्रीको भूमिका निर्बाह गर्ने मान्छे नहुदा साथी भाईको कर कापमा लागेर रेफ्री बनेर खेल खेलाउने हरिश अहिले आएर नेपालकै सबै भन्दा कान्छा उमेरका राष्ट्रिय रेफ्री भएका छन् | राष्ट्रिय रेफ्रीको उपाधि - राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् |
राष्ट्रिय रेफ्रीको उपाधि पाउन्जेल सम्म निकैनै मिहिनत गर्नु परेको हरिशको भनाइ छ |१८ बर्षको उमेरमा एन्फाको रेफ्री कोर्ष उतिर्ण गरेका च्यान्टे राष्ट्रिय रेफ्री प्रज्वल छेत्रीलाई आफ्नो आइडल मान्दछन्|आफुले गरेको मिहिनेत र अन्य रेफ्री दाई -दिदिको मायाले गर्दा आफु यहाँ सम्म पुगेको कुरा उनि दिल खोलेर भन्दछन् |प्राय जसो सबै फिफा रेफ्रीहरु संग एसीसटेन्ट बनेर काम गरिसकेका च्यान्टेले ठुला प्रतियोगिताहरु पनि सम्हालिसकेका छन् |
हालै सम्पन्न यु-१८ 'ए' डीबीजन लिग र बडी धनराशी भएको रेड बुल फूट्सल लिगमा समेत हरिशले आफ्नो छाप छोडिसकेका छन् |प्राय जस्तो उद्घाटन र फाइनल खेलमा आफ्नो स्थान बनाउन सफल उनले धेरै जसो महत्वपुर्ण खेलमा रेफ्रीको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल रहेको उनी बताउछन् |
आफुले पाएको उपलब्धिबाट रमाएका हरिश अझै पनि मिहिनत गर्दै जाने र सकेसम्म नेपाली फुटबल लाई केहि योगदान दिने सोचमा छन् |प्लानिंगमा रेफ्री बन्न इच्छुक साना साना भाई बहिनिलाई खेलको नियम सिकाउनुको साथै रेफ्रीको भूमिकाको बारेमा बोल्ने हरिश भविस्यमा एकेडेमी खोल्ने सोचमा छन् ||
उनको अबको लक्ष्य भनेको चाडै भन्दा चाडै फिफा रेफ्री बन्नु रहेको छ |
गणेश थापा जिल्ला संघको निर्वाचनमा सक्रिय
- Details
- Category: Domestic
- Published on Monday, 01 January 2018 13:01
- Written by Nepalifootball
- Hits: 2931
भ्रष्टाचारको अभियोगमा फुटबल गतिविधिमा १० वर्ष सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेकै अवधिमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा जिल्ला संघको निर्वाचनमा सक्रिय रहेका छन् । उनी आफ्ना विरोधीहरूलाई जिल्लाको निर्वाचनमै सिध्याउन लबिङ गरिरहेका छन् ।
रूपन्देही जिल्ला फुटबल संघको निर्वाचन सोमबार हुँदैछ । र, यसमा वर्तमान अध्यक्ष दीर्घबहादुर केसी (कुमार) लाई नेतृत्वमा निरन्तरता दिन नहुने भन्दै थापाले संघका पदाधिकारी र क्लबका प्रतिनिधिहरूलाई निरन्तर सम्पर्क गरिरहेका छन् । एन्फामा २१ वर्ष अध्यक्ष रहँदा गणेश थापाले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै एन्फाकै पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा शुद्धीकरण अभियान चलाइएको थियो । थापाले एन्फाको ५८ करोड रुपैयाँ खर्चमा अनियमितता गरेको र एक्लौटी ढंगले संघ सञ्चालन गरेको आरोप लगाइएको थियो । स्वदेशमा उन्मुक्ति दिइए पनि थापालाई नोभेम्बर २०१५ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको अभियोगमा १० वर्ष फुटबल गतिविधिमा सहभागी हुनबाट प्रतिबन्धलगाएको थियो ।
शुद्धीकरण अभियानमा शेर्पाको समूहलाई साथ दिएका कुमार केसीलाई रूपन्देही जिल्ला संघको नेतृत्व निरन्तर दिन नहुने भन्दै गणेश थापाले जिल्ला संघका पदाधिकारी तथा क्लबका प्रतिनिधिहरूलाई निरन्तर लबिङ गरिरहेका छन् । ‘आफ्नो पक्षमा लबिङ गर्ने उहाँ (गणेश थापा) को परम्परा नै हो,’ रूपन्देही जिल्ला संघका उपाध्यक्ष खेमराज गुरुङ (मुन्ना) ले भने, ‘प्रतिबन्धमा भएका व्यक्तिले यसरी लबिङ गर्न मिल्दैन । त्यो एकदमै गलत हो ।’ उनी स्थानीय लिस्नु क्लबका निवर्तमान अध्यक्ष एवम् आसन्न जिल्ला संघको निर्वाचनका लागि मताधिकार प्राप्त प्रतिनिधि हुन् । उनीसहित जिल्ला संघका सातजना पदाधिकारी तथा क्लबका प्रतिनिधिलाई थापाले कुमार केसीलाई सहयोग नगर्न भन्दै आग्रह गरेका थिए ।
फिफाकै नियमानुसार पनि प्रतिबन्धमा रहेको अवस्थामा कसैले फुटबलसँग सम्बन्धित कुनै पनि क्रियाकलापमा सहभागी हुन पाउँदैन, कुनै पनि किसिमले सक्रिय हुन पाउँदैन । गणेश थापाले आफ्ना विरोधीहरूलाई फुटबलबाटै हटाउनुपर्ने भन्दै जिल्ला र क्लबका पदाधिकारीलाई मनाउन खोजेको प्रमाण कान्तिपुरलाई प्राप्त भएको छ ।
एन्फाले पुस ५ देखि माघ ५ सम्मआफ्ना ४५ जिल्ला संघलाई निर्वाचन गर्न निर्देशन दिइसकेको छ र त्यसैअनुसार आठ जिल्लामा सम्पन्न पनि भइसकेको छ । एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन १४ चैतमा हुनेछ । हालका अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा यसपालि अध्यक्षमा भिड्ने अनुमान गरिएको छ । श्रेष्ठ गणेश थापाका विश्वास पात्र हुन् । थापाकै सालो हुन्, कुँवर र शुद्धीकरण अभियानका प्रमुख हुन् शेर्पा ।
राजु घिसिङ्ग द्वारा कान्तिपुरमा लिखित लेख साभार |
विकेश कुत्थुले आर्मीलाई यो सिजनको तेस्रो उपाधि जिताए |
- Details
- Category: Domestic
- Published on Friday, 01 December 2017 17:05
- Written by Nepalifootball
- Hits: 4777
काकरभिट्टा , झापा
मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि भएको भिडन्तमा आर्मीले जित हासिल गरेको छ |
पहिलो हाफसम्म गोलरहित भएको खेलमा दुवै टोलिले केहि सुनौला अवसरहरु गुमाउन पुगेका थिए |
हजारौ दर्शकमाझ काकरभिट्टा खेलमैदानमा भएको खेलमा दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरुको बाहुल्यता रहेको थियो |
बिराज महर्जन , भरत खवाश, बिमल घर्ति मगर , नवयुग श्रेष्ठ , हेमन गुरुङ , अनन्त तामांगजस्ता चिरपरिचित अनुहारहरु खेलेको खेल एकदमै रोमान्चक भएको थियो |
दोस्रो हाफसम्म पनि गोल हुन नसकेको कारण खेल पेनाल्टी तर्फ़ पुगेको थियो |
दोस्रो हाफमा केहि मौका पाएपनि आर्मी असफल रहयो |
पहिलो पेनाल्टी मनांगका अनिल गुरुङले हानेको थिए जसलाई आर्मीका बिकेस कुत्थुले रोके |
आर्मीको लागि पहिलो पेनाल्टी गोल नवयुग श्रेष्ठले गरेका थिए |
बिमल बस्नेतले मनांगको लागि पेनाल्टी गोल गरे |
जितेन्द्र कार्कीको प्रहार पोस्टमा लागेपछि खेल बराबर हुन पुगेको थियो |
त्यस्तै कमल श्रेष्ठ र बैकल्पिक खेलाडी निराजन मल्लको पेनाल्टी प्रहार बिकेस कुत्थुले बचाए |
सन्तोस तामांगले गोल गरेता पनि पदम तामांगको प्रहार मनांगका गोलरक्षक दिनेस थापा मगरले बचाऊ गरे |
हेमन गुरुङले मनांगको लागि पेनाल्टी गोल गरेता पनि आर्मीका दिनेस हेन्जनको प्रहार निर्णायक बन्न पुग्यो |
खेलको अन्तिम स्कोर आर्मी को पक्ष्यमा ३-२ रहन पुग्यो |
प्रतियोगिता जिते संगै आर्मीले पुरस्कार स्वोरुप ८ लाख जितेको छ भने मनांगले ४ लाखमा चित्त बुजाउनु परेको छ |
गत वर्ष ३ फाइनल खेलमा भिडेका यी २ ए' डिभिजन क्लबको यस वर्षको दोस्रो भिडन्त थियो |
झापामा भएको सताछी गोल्ड कपमा आर्मीले मनांगलाइ पाखा लगएको थियो |
यो सिजनमा आर्मीको यो तेस्रो उपाधि हो |
मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि भिड्दै छन् |
- Details
- Category: Domestic
- Published on Friday, 01 December 2017 13:52
- Written by Nepalifootball
- Hits: 4021
मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि भिड्दै छन् |
पुरस्कार राशी ८ लाख रहेको उक्त प्रतियोगितामा दोस्रो हुनेले ४ लाख पाउनेछन् |
गत वर्ष ३ फाइनल खेलमा भिडेका यी २ ए डिभिजन क्लबको यस वर्षको दोस्रो भिडन्त हो |
झापामा भएको सताछी गोल्ड कपमा आर्मीले मनांगलाइ पाखा लगएको थियो |
दुवै टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता बढी भएको कारणले खेल रोमान्चक हुने आशा गरिएको छ |
खेल अपराह्न २ बजे काकरभिट्टा खेलमैदानमा हुने भनिएको छ |