१९ औं रेडबुल बुडासुब्बा गोलडकप- पुलिस फाइनलमा
- Details
- Category: Budha Subba Gold Cup 2017
- Published on Thursday, 23 February 2017 22:36
- Written by Nepalifootball
- Hits: 3274
धरानमा जारी १९ औं रेडबुल बुडासुब्बा गोलडकप अन्तर्गत आजको सेमिफाइनल खेलमा आयोजक धरान फूटबल क्लब (रातो) लाइ १ का बिरुद्ध ३ गोलले हराउदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ।
पुलिसक लागि मान बहादुर परियार ले ३१ औ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिये।
त्यस् लगत्तै आयोजक धरान का लागि राजिन सुब्बाले ३७ औं मिनेट मा गोल गर्दै खेल १-१ को बराबरी मा पुर्याए।
तर पुलिस का लागि जुमानु राई ले ४१ र ६६ औ मिनेट मा गोल गर्दै फाइनल को यात्रा सुनिश्चित गरेका थिए ।
म्यान अफ द म्याच नेपाल पुलिस का जुमानु राई घोषित भयेका छन।
बुढासुब्बा गोल्डकप: कन्चनजङ्घालाई हराउँदै पुलिस सेमी फाइनलमा
- Details
- Category: Budha Subba Gold Cup 2017
- Published on Tuesday, 21 February 2017 20:52
- Written by Nepalifootball
- Hits: 5607
पाहुना टिम कन्चनजङ्घा फुटबल क्लब दार्जिलिङलाई ३–२ गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब धरानमा जारी १९ औं अन्तर्राष्ट्रिय बूढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
खेलको पूवार्द्धमा दुवै पक्षबाट कडा प्रतिस्प्रर्धा भए पनि गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो । मध्यान्तरपछिको ५ औं र १३ औं मिनेटमा नेपाल पुलिस क्लबका खेलाडी अभिषेक रिजालले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएका थिए । उनले पहिलो गोल कन्चनजङ्घाका खेलाडीले जुमानुलाई लडाएपछि पाएको फ्रिकिक प्रहारलाई गोलमा परिणत गरेका थिए । दोस्रो गोल भने मैदानको मध्यभागबाट एक्लै अगाडि बढाएर विपक्षी डिफेन्सलाई छलेर सोझै पोष्ट लक्ष्य गरेर गोल गरेका थिए । ईन्जुरी समयमा नेपाल पुलिस क्लबका मानबहादुर परियारले थप एक गोल गरेपछि पुलिसको सेमीफाइनल यात्रा सुनिश्चित भएको थियो । उनले तेज तामाङको कर्नर प्रहारलाई हेड गर्दै गोलमा परिणत गरेका थिए ।
खेलको ७१औं मिनेटमा कन्चनजंघाका निवास रानाले पुलिसविरुद्ध पाएको फ्रि किक प्रहार गोलमा परिणत भएपछि पाहुना टिम हौसिएका थिए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रि किक प्रहार गोलमा परिणत भएको थियो ।
मध्यान्तरपछिको ४३औं मिनेटमा पुलिसका तेज तामाङले कन्चजंघाका वाङचुक तामाङलाई डिबक्स एरियामा लडाएपछि करन थापाले पाएको पेनाल्टी प्रहार गोलमा परिणत भएपछि बराबरी बनाउन लगातार संघर्ष गरेका थिए । मध्यान्तरपछिको २२ मिनेटमा पुलिसका भोला सिलवाललाई कन्चनजंघाका कप्तान अमिर लामाले लडाएपछि १० जनामा सीमित पाहुना टिमले अन्तिम समयसम्म पुलिसलाई आच्छुआच्छु बनाएको थियो ।
पुलिसले खेलको ६ मिनेटमा अभिषेक रिजालको क्रसपासमा जुमानु राईले हेड गरे पनि पोष्टको दिशा लिन सकेन । खेलको ३३औं मिनेटमा अभिषेकको अर्को पासमा निरकुमार राईले गरेको प्रहार विपक्षी डिफेन्सल हेड गरेर गोल हुनबाट बचाएको थियो । लगतै भोला सिलवालको फ्रि किकलाई कन्चनजंघाका गोलरक्षक मन्टु मजुमदारले पन्च गरेर बचाएका थिए । इन्जुरी समयमा जुमानुको पासमा मानबहादुर परियारको प्रहारलाई निवास रानाले फर्काएर गोल हुनबाट बचाएका थिए ।
पश्चिम बंगालको सिलिगरी वेसको पहिलो व्यावसायिक क्लब कन्चनजंघा ए डिभिजन क्लब भएपनि पुलिसको सामना गर्न गाह्रो परेको थियो । उसले १० जनाको टिम हुँदा पनि हरेश नखाई मैदानमा पुलिसलाई अन्तिम सयमसम्म चुनौती दिएको थियो । खेलको म्यान अफ दि म्याच कन्चनजंघा फुटबल क्लब सिक्कमका निवास राना घोषित भए ।
पुलिसका प्रशिक्षक कुमार थापाले खेलाडीहरुले राम्रो प्रदर्शन गरेको बताए । उनले भने, ‘पाहुना टिमको खेल पनि राम्रो थियो । अब आयोजक धरानसँग हाम्रो भेटमा झन् राम्रो प्रदर्शन गर्ने छौं ।’
पराजित टिम कन्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले आफ्नो खेलाडीलाई रेडकार्ड दिनु पर्ने अवस्था नै नभई रेफ्रीले अन्याय गरेको गुनासो गरे । उनले भने, ‘हामीले गोल खानुको कारण गोलरक्षकले बारम्बार गल्ती दोहोर्याएकाले गोल खानु पर्यो । खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए । तर, धरानको मैदानमा दुर्भाग्य भोग्नु पर्यो ।’
बुधबारको पहिलो सेमिफाईनल खेल उदयपुर गोल्डकपका बिजेता रुपन्देही-११ र सिमरा गोल्डकप विजेता सकटा क्लब काठमाडौंबीच हुनेछ ।
content/photo: kantipur
बुढासुब्बा गोल्डकप: संकटा सेमिफाइनलमा
- Details
- Category: Budha Subba Gold Cup 2017
- Published on Tuesday, 21 February 2017 19:20
- Written by Nepalifootball
- Hits: 3192
सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले हराउँदै सोमबार सिएमजी क्लब संकटा यहाँ जारी बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । संकटाले बुधबार रूपन्देही ११ सँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।
संकटाको जितमा राज पौडेलले खेलको ३९ औं मिनेटमा गरेको हेड गोल निर्णायक भयो । उनले सजिन थापाको पासमा एपीएफका गोलरक्षक राजु नगरकोटीलाई जिल्याउँदै हेड गोल गरेका थिए ।
संकटाले एपीएफसँग बदला लिएको छ । झापाको काँकटभिट्टामा एपीएफले क्वाटरफाइनलमै संकटालाई १–० ले हराएको थियो । त्यसअघि सिमरा गोल्डकपमा भने संकटाले एपीएफलाई २–० ले हराएको थियो ।
धराने मैदानमा एपीएफ आक्रामक शैलीमा उत्रे पनि सफल हुन सकेन । संकटाका १७ औं मिनेटमै अवसर पाएको थियो । सुशील केसीको प्रहार एपीएफका डिफेन्स मिलन राईले गोल हुनबाट बचाए । खेलको ६१ औं मिनेटमा संकटाका भूषण सुब्बाको पासमा सुशीलको अर्को प्रहार बाहिरियो । लगत्तै संकटाकै लावन ओलाकानको शक्तिशाली प्रहार गोलरक्षक राजुले मुस्किलले जोगाए ।
सातौं राष्ट्रिय खेलकुदको उपाधि विजेता एपीएफले थुप्रै अवसर गुमाएकाले धरानको मैदान दुर्भाग्य साबित भयो । २० औं मिनेटमा टोपबहादुर विष्टको पासमा श्याम नेपालीले मिलाइदिएको बल रुपक लामाले प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरियो । ४२ औं मिनेटमा नवीन तामाङको पासमा टोपबहादुरको सशक्त प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले जोगाएर एपीएफलाई अग्रता लिन दिएन । लगत्तै पासाङ लामाको प्रहार पनि गोलरक्षक विनयले बचाए । खेलको ५५ औं मिनेटमा नवीनको फ्रिकिक श्याम नेपालीले सदुपयोग गर्न सकेनन् । एपीएफका अनिल अधिकारीको पासमा श्याम नेपालीले प्रहार गरेको बल संकटाका गोलरक्षक विनयले पञ्च गरेर जोगाए । जतिखेर खेल ७५ औं मिनेटमा चलिरहेको थियो ।
एपीएफका प्रशिक्षक कुमार थापाले अवसर गोल अवसर गुमाउनुपरेको बताए । उनले भने, ‘हामीले निश्चित तीन गोल पाए पनि सफल भएनौं ।’ संकटाका प्रशिक्षक सल्यान खड्गीले फिप्टी फिप्टीको खेल भएको बताए । उनले भने, ‘आजको खेल निकै टफ भयो ।’
मंगलबार गत वर्षको उपविजेता नेपाल पुलिस क्लबले कञ्चनजंघा कप च्याम्पियन युनाइटेड सिक्किम टिमसँग खेल्नेछ ।
kantipur
Photo: WeDharane
Sankata Vs Durgapur Steel Calcutta
- Details
- Category: Budha Subba Gold Cup 2017
- Published on Thursday, 16 February 2017 10:09
- Written by Nepalifootball
- Hits: 3011
Sankata Club of Kathmandu and Durgapur Steel Calcutta are playing in the opening match of 19th Budha Subba Gold Cup.
Match is to be played on ANFA Technical Center , Dharan-17 and the kick off time is 2 PM
Winner of the game will compete with APF Team to enter Semis.
Budha Subba Gold Cup Kicks off today
- Details
- Category: Budha Subba Gold Cup 2017
- Published on Thursday, 16 February 2017 09:55
- Written by Nepalifootball
- Hits: 1862
Budha Subba Gold Cup Kicks off today !!!
Winner Prize and individual awards are listed below:
Winner Prize : 5 Lakhs
Runner Up : 2.5 Lakhs
Best Player : Motorcycle
Highest Goal Scorer : 25 thousand
Best Forward/ Defense/ Midfielder : 15 thousand
Man Of the Match : 5 thousand + Gift Hampers
Venue : ANFA Technical Center , Dharan - 17
Time : 2 PM