साफ यु-१५ महिला च्याम्पियनसिपमा नेपालले २ खेलमा १६ गोल खायो

बंगलादेशको ढाकामा जारीनेपालको प्रदर्शन निकै नै खराब रहेको छ। च्याम्पियनसिपको पहिलो खेलमै बंगलादेशसंग ६-० र दोश्रो खेलमा भारतसंग १०-० को हार बेहोरेको नेपालको फाइनल यात्रामा पुर्णबिराम लागने निश्चित छ।

IMG 1455


दुई खेलमै १६ गोल खाएको नेपालको लज्जास्पद हारमा खेलाडीहरुको गल्ति नभई सो टिमकोब्यबस्थापन र श्रेष्ठ निकाय एन्फा रहेको हाम्रो बुझाई छ।

हत्तार र हचुवाको भरमा खेलाडीको इस्काउटिंग प्रक्रियानै गलत भएको हाम्रो बुझाई छ।
बिद्यालयस्थरको कोका-कोला कप बाहेक, दिन-छिनमै साफको लागि खेलाडी तयार पार्ने एन्फा र बर्षौभर कुनैपनि महिला प्रतियोगिता संचालन नगर्ने एन्फा महिला कमिटि यसको जिम्मेवार छन्।

खासै ठुलो प्रतियोगिताको अनुभव नभएका कोचहरुलाई ठुलो जिम्मेवारी एक्कैचोटि किन सुम्पियो एन्फा महिला समितिले ?
यधपी, गंगा गुरुङको AFC 'B' Coaching Certificate, पारस चौधरीको 'C' Certificate छ।

दोष न खेलाडीहरुको- न त कोचहरुकै।
सिधै अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिनु भन्दा पहिले यतै फूटबल खेल्ने बातावरण पो बनाउने हो कि?
फूटबललाई उचाई दिने हैसियतले एन्फाले अत्यन्त्यै गहन र बिचारधारक कार्यहरु अगाडी बढाउनु निकै जरुरी छ।