अन्तिम खेलमा पनि नेपाल पराजित
- Details
- Category: AFC U23 Qualifiers
- Published on Thursday, 20 July 2017 06:42
- Written by Nepalifootball
- Hits: 2067
नेपाल र लेबनान बीच को समूह चरण को अन्तिम खेल ०-२ मा टुंगो लागेको छ |
लेबनानको तर्फ़बाट पहिलो हाफमा गोल भएको थियो |
गोल २९ मिनेट मा भएको थियो |
दोस्रो खेलको अन्तिम समयमा लेबनानले अर्को गोल थपेर २-० को अग्रता कायम गर्यो |
खेलमा नेपालले मौका पाएता पनि सदुपयोग गर्न सकेको थिएन |
खेलेको ३ खेलमा पराजित हुदै - एक गोल पनि नगरी नेपाल प्रतियोगिताबाट बाहिरिएको छ |
नेपाल र लेबनान बीच खेल आज राती: को-को परे त पहिलो रोजाईमा
- Details
- Category: AFC U23 Qualifiers
- Published on Wednesday, 19 July 2017 20:21
- Written by Nepalifootball
- Hits: 6064
एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको अन्तिम खेलमा आज नेपाल लेबनान संग भिड्दै छ |
हेमन गुरुङ
समूह चरण को दुवै खेलमा पराजित भएको नेपाल आजको खेल जितेर समर्थकमाझ आफ्नो स्थान राख चाहन्छ |
राष्ट्रिय टोलिका नियमित सदस्य अन्जन बिस्ट आज दोहोरो पहेलो कार्डले गर्दा उपस्थित हुने छैनन् |
आजको सुरुवाती ११
गोल्कीपर : एलन न्यौपाने
डिफेन्स : दिनेस राजबंशी - अनन्त तामांग - गौरब बुढाथोकी – कमल श्रेष्ठ
मिड-फिल्डर : सुनिल बल – सुमन लामा – हेमन गुरुङ – विश्वास श्रेष्ठ
फरवार्ड : सन्जोग राइ – विमल घर्ति मगर (कप्तान)
नेपाल र लेबनान आज भिड्दै
- Details
- Category: AFC U23 Qualifiers
- Published on Wednesday, 19 July 2017 07:50
- Written by Nepalifootball
- Hits: 4811
नेपाली युवा टिमले एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटको तेस्रो खेलमा आज लेबनानसँग प्रतिस्पर्धा गर्दै छ ।
छनोटमा समूह ‘डी’ को पहिलो खेल अल आइनस्थित तहनोन बीन मोहमद स्टेडियममा हुनेछ । सिनियर टिमका नौ खेलाडीसहित नेपाली टिम लगातार २ वोटा खेल गुमाई सकेको छ |
पहिलो खेलमा आयोजक यु ए इ संग ५-० को फराकिलो हर बेह्रेको नेपाल टिम दोस्रो खेलमा उज़बेकिस्थान संग २-० ले पराजित भएको थियो |
प्रतियोगिताबाट नेपाल निस्कने पक्का पक्कि भैसकेको छ |
नेपाल का फरवार्ड अन्जन बिस्ट २ वोटा पहेलो कार्ड पाएको ले गर्दा आज खेल्न पाउने छैनन् |
११ :१० राती ( नेपाली समय ) बुधबार |
२-० ले नेपाल पराजित
- Details
- Category: AFC U23 Qualifiers
- Published on Monday, 17 July 2017 22:15
- Written by Nepalifootball
- Hits: 3137
आज भएको एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ |
पहिलो खेलमा यु ए ई संग ५-० ले पराजित भएको नेपाल दोस्रो खेलमा उज़बेकिस्थान संग २-० ले पराजित भएको छ |
उज़बेकिस्थान को लागि खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गरे |
दोस्रो गोल खेलको दोस्रो हाफमा भएको थियो |
८०औं मिनेटमा उज्बेकिस्तानका गानिएभ अजिजोनले टोलिका कप्तानसंग टिका टाका पास खेलाएर गोल हानेका थिए |
आजको हार संगै नेपाल लगभग प्रतियोगिता बाट आउट भैसकेको छ | नेपाल को अन्तिम खेल लेबनान संग बुधबार रहेको छ |
पहिलो हाफ मा नेपाल १-० ले पछि
- Details
- Category: AFC U23 Qualifiers
- Published on Monday, 17 July 2017 21:52
- Written by Nepalifootball
- Hits: 2120
एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको दोस्रो खेलको पहिलो हाफको समाप्तिमा नेपाल १ गोलले पछि परेको छ |
पहिलो खेलमा युएई संग ५-० ले पराजित भएको नेपाललाई यो खेल जित्न अति आवस्यक छ |
यो खेल जितेको खण्डमा मात्र नेपालको अर्को चरण पुग्ने आशा जीवित हुने छ |
खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै उज़बेकिस्थानलाई अग्रता दिलाए |
पहिलो हाफमै कोच राजु काजी शाक्यले पुजन उपर्कोटीलाई परिवर्तन गरि सुनिल बल लाई छिराएका थिए |
सुनिल को आगमन बाट आक्रमण बढे पनि पहिलो हाफ नेपाल १-० ले पछि रहनु परेको छ |