कसले रोक्ला सेल्टिक को अपराजित यात्रा ?
- Details
- Published on Friday, 01 December 2017 07:10
लिभरपुल का पूर्व प्रशिक्षक ब्रेण्डन रोजेर्सले स्कटल्याण्ड को सेल्टिक फूटबल क्लब समाले देखि क्लबले ६६ खेल को अपराजित यात्रा तय गरेको छ l सन् २०१६ को मे ११ मा सेन्ट जोंस्टोने संग को २-१ को हारपछि सेल्टिक को अपराजित यात्रा सुरु भएको हो l सेल्टिक ले १६ मे २०१६ देखि अहिले सम्म ६६ खेल को यात्रा मा ५८ मा जित र ८ खेलमा बराबरी दर्ता गरेको छ l सोहि यात्रा मा २०१६/१७ को सिजन मा क्लब ले स्कटल्याण्ड को फूटबल लिग मा हुने सबै तिन उपाधि उचाली ट्रेबल गरेको थियो l त्यस क्रममा सेल्टिक ले घरेलु लिग मा ३४ जित र ४ बराबरी दर्ता गरेको थियो l यसरि एक खेल मा पनि हार नबेहोरी सेल्टिक ले इनभिन्सिबल बनेको थियो , जुन यूरोपेली फूटबल मा अरु ४ क्लब ले मात्र गर्न सकेका छन् l
सोहि यात्रा लाई निरनतरता दिदै यस सिजन पनि सेल्टिक ले घरेलु लिग मा १४ खेल बाट १० मा जित र ४ मा बराबरी को नतिजा निकालेको छ र ३४ अंक का साथ अंकतालिका मा पहिलो स्थान मा छ l तेस्तै यस वर्ष को लिग कपमा पनि बिजेता बनिसकेको छ l घरेलु प्रतियोगिता मा निकैनै राम्रो लय मा फूटबल खेलिरहेको सेल्टिक लाई कसले रोकने हो र अपराजित यात्रा भंग गर्ने हो भन्ने प्रस्न धेरै लाई छ भने उता सेल्टिक का समर्थक हरु आफ्नो टिम को नतिजा देखेर निकै नै खुसि छन् l कति फूटबल बिज्ञहरु ले सेल्टिक को अपराजित यात्रा भंग गर्नु कुनै कप जिते भन्दा कम नहुने भनेका छन् भने अरु ले सेल्टिक ले दोस्रो वर्ष लगातार कुनै पराजय नबेहोरी इतिहास रचने बताएका छन् l
घरेलु प्रतियोगिता मा अपराजय रहे पनि सेल्टिक ले गत वर्ष च्याम्पियंस लिग मा बार्सीलोना बाट नराम्रो हार बेहोरेको थियो ,सो खेलमा सेल्टिक ७-० ले हार्न बाध्य भएको थियो र यो उसको युरोपेली फूटबल इतिहासमै सबै भन्दा ठुलो हार भै अर्को रेकर्ड रहन गएको थियो l