स्पेनिस खेलाडीले थामेको चेल्सी !!!

प्रिमियर लिग सुरु हुन अब २० दिन बाकि छ, त्यही कारण इंग्लिश क्लबहरुले आउदो सिजनको उपाधि रक्ष्याको लागी धमाधम नयाँ खेलाडीहरु भित्र्याईरहेका छन्|
जसमा स्पेनिस खेलाडीहरुको चाप बढ्दो छ |

प्रिमियर लिगमा स्पेनिश खेलाडीहरुको सहभागिता बढ्दो छ|
यस्तैमा अघिल्लो सालको प्रिमिएर लिग च्याम्पियन चेल्सीमा पनि स्पेनिश खेलाडीहरुले महत्वपुर्ण भूमिका निभाएका थिए |

Fabregas j

चेल्सीमा मात्रै स्पेनका ६ जना खेलाडीहरु छन् र उनीहरुले क्लबका लागी महत्वपुर्ण योगदान दिइरहेका छन्|
चेल्सीका लागी स्पेनिस खेलाडीहरुमा मार्कोस अलोंसो राइट ब्याकमा खेल्छन भने सेजार अज्पिलिक्वेता सेन्टर ब्याक हुन् |
चेल्सीका लागि अर्का महत्वपुर्ण खेलाडी हुन् सेस फेब्रिगास, उनले सेन्टर मिडफिल्ड समालेका छन्, त्यसैगरी पेद्रो रोद्रिगेज़ राइट विङ्ग हुन् भने डिएगो कोस्टा चेल्सी का महत्वपुर्ण स्ट्राइकर हुन् |

अन्तोनिओ कोंटेले चेल्सी समालेको १ सिजन पुरा भएसंगै यो सिजन फेरी स्पेनका युवा स्ट्राइकर अल्वारो मोराटालाइ क्लबले मोटो रकम तिरेर भित्राएको छ |
स्पेनिस खेलाडीहरुको खेल्ने शैली देखेर प्रिमियर लिगका क्लबहरु लोभिने गरेका छन् र उनीहरुलाई आफ्नो क्लबमा भित्राउन अधिकतम रकम पनि तिर्न तयार रहेका छन् |