आफुले सोचिसके अब क्लबले सोच्न बाकी :

आफुले सोचिसके अब क्लबले सोच्न बाकी :

as7980

चिली र आर्सनलबाट आफ्नो ब्यवासाहिक फुटबल खेल्ने एलेकसिस सन्चेज़ अहिले ट्रान्सफरको चपेटामा परेका छन् |

फिफा कनफेडेरेशन कप खेल्न रसिया पुगेदेखिनै आर्सनलका स्टार सन्चेज़लाई ट्रान्सफरको कुराले सताईरहेको थियो |

सन्चेज़ जता पनि जान्थे सबै तिर यौटा प्रश्न हुन्थे - ट्रान्सफरको निर्णय के भयो ?

अहिले आएर सन्चेज़ले मुख खोलेका छन् |

सन्चेज़ले आफु आर्सनलबाट सर्न तयार रहेको बताएका छन् |
आफ्नो घरेलू रेडियो च्यानेल - रेडियो स्पोर्ट चिली संग कुरा गर्दै उनले -" मलाई च्यम्पिओन्स लिग खेल्न मन छ , र मैले मेरो तर्फाबाट सोचिसके - अब क्लबको निर्णयमा भर पर्छ " भने |

सन् १९९६ देखि पहिलो चोटी आर्सनल च्यम्पिओन्स लिगको लागि छनोट भएन |
गत सिजन आर्सनलले एङ्ग्लिश प्रिमिएर लिगको पाचौ स्थानमा चित्त बुझाउनु परेको थियो |
अहिले हालसालै आर्सनल टिम अस्ट्रेलिया गएको छ तर कनफेडेरेशन कप खेलको कारणले सन्चेज़ले छुट्टि पाएका छन् |

सन्चेज़ म्यानचेस्टर सिटी जाने हल्ला चलेको छ | आफ्नो पूर्व म्यानेजर पेप गुआरडिओला संग फेरि काम गर्न दुवै जना इच्छुक रहेको पाइएको छ |

सन् २०११ मा इटालियन क्लब उडीइज २२.६५ मिलिओन पउण्डमा बार्सेलोनाको लागि पेप गुआरडिओलाले सन्चेज़ खरिद गरेका थिए |