बार्सिलोनाद्धारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं, साउन १२—

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।अमेरिकाको मेरिल्याण्डमा आज बिहान भएको खेलमा बार्सिलोनाले युनाइटेडमाथि १–० को जित निकालेको हो ।

823249998.0

 

मेरिल्याण्डको फेडेक्सफिल्ड स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एक मात्र गोल नेयमारले गरे । पहिलो हाफको ३१ औं मिनेटमा नेयमारले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बनेको थियो । उनले युनाइटेडका डिफेन्डर भ्यालेन्सियाले क्लियर गर्न नसकेको बल खोस्दै गोल गरेका हुन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल बार्सिलोनाले आफ्नो पक्षमा बनायो ।

यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने हल्ला चलिरहेको बेला नै नेयमारले बार्सिलोनाका लागि प्रि सिजनको पछिल्लो दुर्इ खेलमा तिन गोल गर्न सफल भए । नेयमारले गत हप्ता युभेन्टसविरुद्ध पनि २ गोल गरेका थिए । नेयमारलाई भित्राउन पिएसजीले १९६ मिलियन पाउण्ड तिर्न तयार रहेको बताउदै आएका छन् । तर, बार्सिलोनाले भने नेयमार क्लबमै रहने बताइसकेको छ ।

युरोपियन फुटबलमा नयाँ सिजन सुरु हुनुअघिको प्रि सिजनको तयारी अन्तर्गत इन्टरनेसनल कपको लागि बार्सिलोना र युनाइटेड हाल अमेरिकामा रहेका छन् ।अमेरिकामा रहेको बार्सिलोनाले गत हप्ता इटालियन क्लब युभेन्टसलाई पराजित गरेको थियो । यस्तै युनाइटेडले स्पेनिस च्याम्पियन रियल मड्रिडलाई पराजित गरेको थियो ।

 

स्रोत--http://www.recentnepal.com/news/43932/%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BF%E0%A4%B2%E0%A5%8B%E0%A4%A8%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A4%9A.html