इरान विश्वकपमा छनोट

iran adidas 2016 2017 kits banner 1

काठमाडौं, जेठ ३० – इरान विश्वकप फुटबलमा छनौट भएको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २-० गोल अन्तरले हराउँदै इरान आउँदो वर्ष रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको छ ।

छनौट चरणबाट ब्राजिल तथा रसियाले आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् । इरान आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम हो । विश्वकप छनौटको तेश्रो चरणमा समूह ‘ए’मा छैटौं जित निकाल्ने क्रममा इरानले सोमबार राति उज्वेकिस्तालनई हराएको थियो । इरानको ८ खेलबाट २० अंक भएको छ । तेश्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंक छ । दक्षिण कोरियाको भने ७ खेलबाट १३ अंक छ । समूहका शीर्ष दुई टिम विश्वकपमा छनौट हुन्छन् भने तेश्रो स्थानको टोलीले चौथो चरणमा प्ले अफ खेल्न पाउँछ । 

विश्वकपको एशियाली छनौटको समूह ‘बि’मा रहेका इराक र थाइल्याण्डको भने विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ । 

सन् १९७८ मा पहिलो पल्ट विश्वकप खेलेको इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो । १९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन सकेको छैन । 

-ujyaaloonline