नेपाली फुटबललाई अघि बढाउन थ्री स्टार क्लबले घाटा बेहोर्यो

एएफसी क्लब कप खेल्ने हरेक एशियाली फूटबल क्लबको चाहना हुन्छ | तर माथी चड्ने बाटो मिल्दा मिल्दै पनि कसैले त्यसलाई रोकिदिन्छ भने त्यो भन्दा ठुलो दुर्भाग्य केहि हुन सक्दैन |

थ्री स्टार क्लबले एएफसी कप छनोटको पहिलो चरण पार गरिसकेको थियो भने दोस्रो चरणको लागि एएफसीले पत्राचार गर्दा गर्दै एन्फाको लापर्भाहीका कारण खेलमा उपस्तिथी जनाउन सकेन |

यो बिषयले नेपाली फूटबल जगतलाई नै धक्का पुगेको थियो |

राष्ट्रिय लिगको बिजेताको रुपमा थ्री स्टार क्लबले खेलमा सहमति जनाउने भनेर बक्तब्य निकालेको थियो |Three Star Club

एएफसी कपको छनोटको पहिलो चरणको खेल मोंगोलियामा भएको थियो | जसमा थ्री स्टारले २ खेल खेल्दै महत्वपुर्न ४ अंक बटुलेको थियो |

एएफसीले बारम्बार एन्फालाई क्लब दर्ता गर्न मेल गर्दा पनि एन्फाबाट जवाफ नआएको भन्दै एएफसीद्वारा थ्री स्टार क्लब एएफसी क्लब कपको दोस्रो चरण खेल्नबाट बन्चित गरिएको थियो |
एन्फाको गल्तिका कारण थ्री स्टार एएफसी कपको छनोटको दोस्रो चरणको खेलमा समाबेस हुन सकेन |

थ्री स्टारले क्षतिपूर्ती भनेर ६ करोड माग गरेको थियो | तर ४ करोडमा सहमति गर्ने थ्री स्टारका पधादिकारीले जनाएका थिए |
तर एन्फाले १ करोड भन्दा बडी नदिने ढिट लिएको थियो |

थ्री स्टारले मागेको क्षतिपूर्ती ६ करोडमा, आफ्नो खर्च भने ३ करोडको भएको जानकारी गराएको थियो |

तर अहिले हालसालै केहि दिन अघि एन्फा र थ्री स्टारका पधादिकारीहरु बीच १.५ करोड क्षतिपूर्ती दिने-लिने निस्कर्स निस्किएको छ |

१.५ करोड मात्रै किन भन्ने प्रश्नमा- थ्री स्टारका महासचिब सन्जिब शिल्पकार भन्छन- " हामीले नेपाली फुटबल विकास होस् भनेर बाकी रकमको घाटा बेहोरेका हौ |

नेपाली फूटबल विकास गर्नु नै हाम्रो चाहना हो र येसैको लागि हामी यो कदम लिन बाद्य भयौ |

एएफसीमा- नेपालमा भुइचालो गएको र नेपालबाट क्लबले भाग नलिने कुरा हुदा हुदै पनि हामीले हिम्मत देखाएर प्रतियोगितामा भाग लिने भनेर कुरा अगाडी बढाएको थियौ |
तर एन्फाको लापर्भाहीले गर्दा हामी यो ऐतिहासिक अवसरबाट बन्चीत रहयौ |"


महासचिब शिल्पकारले थ्री स्टार बिना ए डिभीजन लिग गर्न गार्हो हुने र यसले गर्दा नेपाली फूटबललाई नै बेफाइदा हुने भएकोले हामीले यो सामान्य क्षतिपूर्तीमा चित्त बुजएको कुरा गरे |

अहिले पनि नेपाली फुटबल समर्थक माझ त्यहि कुरा खेलिरहेछ- किन थ्री स्टार क्लबले क्षतिपूर्ती रकम १.५ करोड मै मान्यो भनेर ?
आफ्नै पूर्व अद्यक्ष्यको स्मृतिमा भएको खेलमा थ्री स्टारले भाग लिएन | यस कारण धेरै फुटबल प्रेमी नेपालीहरुले दुख ब्यक्त गरेका थिए |
थ्री स्टार क्लबले एन्फाले क्षतिपूर्ती नदिएसम्म सबै प्रतियोगिता बहिस्कार गरेको थियो |
त्यहि कारण आफ्ना भुतपुर्ब अद्यक्षको स्मृतिमा भएको ललित मेमोरिअल यु-१८ प्रतियोगितामा समेत थ्री स्टार क्लबले आफ्नो उपस्तिथी जनाएन |

यदि १.५ करोडमै मान्नु थियो त थ्री स्टारले ललित मेमोरिअल भन्दा अगाडी नै सहमति किन गरेन ?
नेपाली फूटबलको मातृसंस्था एन्फाले गरेको गल्तिलाई थ्री स्टारले घाटा बेहोरेर स्वीकारेकै हो त ?
यदि यसरी नै फुटबल क्लबहरुले एन्फा सामु एन्फा कै गल्तीमा घुडा टेक्ने हो भने हाम्रो फुटबल कहिले विकास हुन्छ ?