शेख कमल अन्तर्राष्ट्रिय क्लब कप - मनाङ सेमिफाइनलमा

बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।


समूह ‘बी’ अन्तर्गत शुक्रबार भएको खेलमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन आस्मयीलाई २–१ गोल अन्तरले हराएपछि हेड टु हेडका आधारमा मनाङ सेमिफाइनल पुगेको हो ।

मनाङ र मोहमोदेन दुवैको ४-४ अंक भए पनि मनाङले मोहमोदेनलाई हराएकाले मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङले सेमिफाइनलमा टिसी स्पोर्टस्स् क्लबसँग सोमबार खेल्नेछ ।


शुक्रबारै भएको खेलमा मनाङले बंगलादेशको चटगाउँ अवहानी क्लबसँग २-२ गोलको बराबरी खेलेको थियो ।

२ गोलको अग्रता बनाइसकेको मनाङले अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको थियो । बराबरीपछि डिफेन्डिङ च्याम्पियन अवहानी सेमिफाइनल पुगेको थियो ।


समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई मनाङले २–० गोल अन्तरले हराएको थियो ।

 दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग मनाङ ३–१ गोल अन्तरले पराजित भएको थियो ।

16825813 625946410949639 8809429793665131085 o