सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ बाङ्लादेश- सम्हालिन नसक्दा मनाङको खेल बराबर

16938925 1409018695836607 9042942612060789229 n

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ बाङ्लादेश

खेलको सुरुवातमा दुइ गोलले अग्रता लिएको मनाङ सम्हालिन नसक्दा चित्तगोङ अबहनी लिमिटेडसंग बराबरी खेल्न पुगेको छ |

मनाङको लागि सुरुवाती ३ र २२ मिनेटमा गोल गर्दै ओलावाले-ले सेमी फाईनल पुग्ने संकेत गरेका थिए |

तर मनाङ सम्हालिन नसक्दा ३२ मिनेटमा नासिर उद्दिनले हेडर मार्फत गोल गर्न सफल भए |

पहिलो हाफ सम्म खेलमा अग्रता कायम गर्न सकेको मनाङले दोस्रो हाफको ६३ औ मिनेटमा फेरि गोल खान पुग्यो | गोल औगुस्तिन वल्सोनले गरेका थिए |

मनाङ मर्स्याङदीको सेमिफाइनल प्रवेश संभावना मोहम्मदिन स्पोर्टिङ क्लब सग साहिन आस्मयी अफगानिस्तानको हारमा निर्भर!!!!

पूरा समय :
मनाङ २-२ चितगोङ अबहानी ।
मनाङ सेमिफाइनल प्रवेश गर्नका लागि अाउँदो खेलमा Mohameddan SC ले Shaheen Asmayee लाई जित्नुपर्ने ।