शेख कमल अन्तर्राष्ट्रिय क्लब कप - मनाङ सेमिफाइनलमा

बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।


समूह ‘बी’ अन्तर्गत शुक्रबार भएको खेलमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन आस्मयीलाई २–१ गोल अन्तरले हराएपछि हेड टु हेडका आधारमा मनाङ सेमिफाइनल पुगेको हो ।

मनाङ र मोहमोदेन दुवैको ४-४ अंक भए पनि मनाङले मोहमोदेनलाई हराएकाले मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङले सेमिफाइनलमा टिसी स्पोर्टस्स् क्लबसँग सोमबार खेल्नेछ ।


शुक्रबारै भएको खेलमा मनाङले बंगलादेशको चटगाउँ अवहानी क्लबसँग २-२ गोलको बराबरी खेलेको थियो ।

२ गोलको अग्रता बनाइसकेको मनाङले अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको थियो । बराबरीपछि डिफेन्डिङ च्याम्पियन अवहानी सेमिफाइनल पुगेको थियो ।


समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई मनाङले २–० गोल अन्तरले हराएको थियो ।

 दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग मनाङ ३–१ गोल अन्तरले पराजित भएको थियो ।

16825813 625946410949639 8809429793665131085 o

३ गेम खेलेर १००० डलर जित्ने को हुन् त ???

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ बाङ्लादेश

ओला आले मनाङ मर्स्याङदीका अग्रपन्ती का खेलाडी हुन् |

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ बाङ्लादेशमा ओला आले- ले ३ खेलमा ३ गोल गरेका छन् |

आज भएको खेलमा मनाङ मर्स्याङदीले चित्तगोङ अबहनी लिमिटेडसंग २-२ को बराबरी खेल्दा ओला आले-ले २ गोल गरेका थिए |

आजको खेलमा म्यान अफ द म्याच ओला आले भएका छन् र ५०० डलर पुरस्कार स्वोरुप पाएका छन् |

पहिलो खेलमा पनि म्यान अफ द म्याच चुनिएका ओला आले ३ खेलमा २ चोटी सम्मानित भएका छन् |

उनले कुल १००० डलर पुरस्कार स्वोरुप पाइसकेका छन् |

16865137 1874532559431493 1015852433833350824 n

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ बाङ्लादेश- सम्हालिन नसक्दा मनाङको खेल बराबर

16938925 1409018695836607 9042942612060789229 n

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ बाङ्लादेश

खेलको सुरुवातमा दुइ गोलले अग्रता लिएको मनाङ सम्हालिन नसक्दा चित्तगोङ अबहनी लिमिटेडसंग बराबरी खेल्न पुगेको छ |

मनाङको लागि सुरुवाती ३ र २२ मिनेटमा गोल गर्दै ओलावाले-ले सेमी फाईनल पुग्ने संकेत गरेका थिए |

तर मनाङ सम्हालिन नसक्दा ३२ मिनेटमा नासिर उद्दिनले हेडर मार्फत गोल गर्न सफल भए |

पहिलो हाफ सम्म खेलमा अग्रता कायम गर्न सकेको मनाङले दोस्रो हाफको ६३ औ मिनेटमा फेरि गोल खान पुग्यो | गोल औगुस्तिन वल्सोनले गरेका थिए |

मनाङ मर्स्याङदीको सेमिफाइनल प्रवेश संभावना मोहम्मदिन स्पोर्टिङ क्लब सग साहिन आस्मयी अफगानिस्तानको हारमा निर्भर!!!!

पूरा समय :
मनाङ २-२ चितगोङ अबहानी ।
मनाङ सेमिफाइनल प्रवेश गर्नका लागि अाउँदो खेलमा Mohameddan SC ले Shaheen Asmayee लाई जित्नुपर्ने ।

२४ फेबुररीमा मनाङ मर्स्याङदीको खेल |

16729522 1870051536546262 4443869058931805348 n

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ मा भाग लिएको मनाङ मर्स्याङदी क्लबको बिजयी यात्रा मा आज टुंगो लागेको छ |

लगातार ३ वोटा घरेलु प्रतियोगिता जितेर हौसला साथ बंगलादेश गएको मनाङ मर्स्याङदीलाई आज दोस्रो खेलमा शाहिन आस्मयी (अफगानिस्तान) ले पराजित गरेको छ |

आफ्नो पहिलो खेलमा मनाङले मोहमेद्दान क्लब मथी २-० को जित दर्ता गरेको थियो |

मनाङले अब आफ्नो खेल शुक्रबार ,२४ फेबुररीमा चित्तागोंग अबहानी लि. संग खेल्ने छ |

शाहिन आस्मयीको कप्तान अमिरुद्दीन शरिफी म्यान ऑफ़ दि म्याच घोषित |

16864832 1873675539517195 4783615202457413745 n

सेख कमल अन्तर्राष्ट्रिय क्लब कप २०१७ आन्तार्गत भएको आजको खेलमा शाहिन आस्मयी क्लबले मनाङ मर्स्याङदीलाई ३-१ ले पराजित गरेको छ |

शाहिन आस्मयी क्लबका कप्तान अमिरुद्दीन शरिफीले हट्त्रिच्क गरेका थिए |

अमिरुद्दीन शरिफीले ३७, ६५, ७७ मिनेटमा गोल गरेका थिए |

अमिरुद्दीन शरिफी म्यान ऑफ़ दि म्याच घोषित भएका छन् |

म्यान ऑफ़ दि म्याच अमिरुद्दीन शरिफीले ५०० अमेरिकी डलर पुरस्कार पाएका छन् |